स्वास्थ्य संस्था, जहाँ थर्मोमिटर नै छैन


माघ १८ ,काठमाडौं । पत्याउनुहुन्छ ? नेपालका दुई प्रतिशत स्वास्थ्य संस्थामा बिरामीको मुटुको चाल र श्वासका गतिजस्ता आधारभूत जाँच गर्ने उपकरण स्टेथेस्कोप नै छैन । छ प्रतिशत स्वास्थ्य संस्थामा रक्तचाप जाँच्ने मेसिन र सात प्रतिशतमा थर्मोमिटरसमेत नरहेको हालै गरिएको सरकारी अध्ययनले देखाएको हो ।

स्वास्थ्य मन्त्रालयले गरेको ‘नेपाल स्वास्थ्य संस्था सर्वेक्षण’ ले कतिपय स्वास्थ्य संस्थामा ठूला उपकरण मात्र होइन, आधारभूत र अत्यावश्यक सामान्य उपकरणसमेत भेटिएन । विभिन्न दातृ निकायको सहयोगमा सन् २०१५ अप्रिलदेखि नोभेम्बरसम्म देशभरका ९ सय ६३ निजी तथा सरकारी स्वास्थ्य संस्था पुगेर मन्त्रालयले सर्वेक्षण प्रतिवेदन तयार गरेको थियो ।

सोमबार सार्वजनिक उक्त अध्ययनको अन्तिम प्रतिवेदनमा ११ प्रतिशत स्वास्थ्य संस्थामा तौल नाप्ने मेसिन नभएको र ६१ प्रतिशतमा बच्चाको तौल नाप्ने मेसिनसमेत नरहेको उल्लेख छ । सर्वेक्षणका क्रममा एक प्रतिशत स्वास्थ्य संस्थामा सरकारले उपलब्ध गराउने सबै प्रकारका औषधि उपलब्ध भएको समेत औंल्याएको थियो ।
-नागरिक दैनिक

यसमा तपाइको मत

अन्य समाचार