आठ प्रदेश निर्माणपछि मात्र चुनाव : गच्छदार


माघ २५ , काठमाडौं । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आठ प्रदेश हुने गरी संविधान संशोधन गरेर स्थानीय चुनाव गराउनुपर्ने बताएका छन् । पार्टी कामको सिलसिलामा उदयपुरको गाइघाट पुगेका गच्छदारले विद्यमान सात प्रदेशलाई बढाएर आठ पु¥याउनुपर्ने र प्रस्तावित संशोधन प्रस्ताव परिमार्जनसहित पास गरेर मात्र चुनाव गराउनुपर्ने बताए ।

गच्छदारले आठ प्रदेश नबनाएसम्म किचलो साम्य नहुने भन्दै झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुरलाई अलग प्रदेश बनाउनुपर्ने प्रस्ताव गरे ।
आठौं प्रदेश बनाउँदा उदयपुरलाई तराई प्रदेशमा मिसाउनुपर्ने उनको प्रसताव थियो । आठ प्रदेश बनेपछि सबै असन्तुष्टि सम्बोधन हुने उनले दाबी गरे ।
– नागरिक दैनिक

यसमा तपाइको मत

अन्य समाचार