चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट


काठमाडौं, २८ माघ । चन्द्रागिरि हिल्सद्वारा प्रवद्र्धित चन्द्रागिरि केबलकारले ०७३ फागुन भर सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिला आउने २ सय दर्शनार्थीका लागि ५० प्रतिशत छुटमा टिकट लिन सक्ने व्यवस्था मिलाउने भएको छ ।

आजको नयाँ पत्रिकामा खबर छ– छुट व्यवस्थाअनुसार ७ सय रुपैयाँ पर्ने केबलकार टिकट यात्रुले ३ सय ५० रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।

सुविधा लिने यात्रुले अन्य छुट सुविधा नपाउने कम्पनीले जनाएको छ । सुविधानअन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ । एक यात्रुले एउटा मात्र टिकट लिन सक्नेछन् भने त्यस्तो टिकट सोही दिनकालागि मात्र मान्य हुने कम्पनीले बताएको छ ।

यसमा तपाइको मत

अन्य समाचार