त्रिभुवन विमानस्थल भन्सार कार्यालयले डेढ किलो सुन सहित एक जनालाई पक्राउ


काठमाडौं, फागुन ८ – त्रिभुवन विमानस्थल भन्सार कार्यालयले डेढ किलो सुन सहित एक जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो विमानस्थल ओर्लिएका दुवईमा जन्मिएका भारतीय नागरिकलाई भन्सार कार्यालयले पक्राउ गरेको हो ।

एयर अरेवियाको जहाजबाट १२ बजे नेपाल ओर्लिएका ३५ वर्षे कश्यप कान्तिलाल डेढ किलो सुनसहित पक्राउ परेका हुन् । उनले आधा आधा किलोको सुनको दुई वटा सिक्री र आधा किलोको सुनको बाला लगाएर आएकोले पक्राउ गरिएको विमानस्थलका भन्सार प्रमुख नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

सुनका बारेमा अनुसन्धान सुरु भएको र उनले आफ्नै प्रयोजनाको लागि ल्याएको बताएका छन् । उनले बारम्बार दुवई नेपाल ओहोर दोहोर गरिरहेको पनि सापकोटाले जानकारी दिनुभयो ।

‘यो मान्छे गएको फेबु्रअरी ६ मा दुवई गएको र फ्रबु्रअरी १९ मा फर्किएको देखिन्छ । यसरी हेर्दा यसले यही पेशा अपनाएर काम गर्ने गरेको देखिन्छ’ भन्सार प्रमुख सापकोटाले भन्नुभयो । पक्राउ गरिएको सुनको बजार मुल्य ७१ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार