दिनहुँ भित्रिन्छ ३० हजार लिटर मदिरा


काठमाडौं, १७ फागुन । मदिरा सेवन निरुत्साहित गर्न गतसाता मात्रै नयाँ नीति आएकोछ । त्यसको कार्यान्वयनका लागि पूरक कानुनहरु पनि बन्दैछन् । सेवन र कारोबारमा कडाइ गर्ने काम भइरहेका बेला महँगा विदेशी रक्सीका पारखी भने बढ्दै गइरहेका छन् ।

आजको कान्तिपुरमा खबर छ– भन्सार विभागको तथ्यांकलाई हेर्ने हो भने दिनहुँ करिब ३० हजार लिटर विदेशी मदिरा नेपाल भित्रिरहेका छन् । यसबाहेक ‘ड्युटी फ्रि’ बाट पनि धेरै विदेशी मदिरा नेपाल भित्रिने गरेको छ ।

विदेशी मदिराको आयात र मात्रा मात्र होइन, त्यसका लागि नेपाली रकम विदेशिने क्रम पनि बढेको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा विदेशी मदिराको आयात गतवर्ष यही अवधिको तुलनामा १३ प्रतिशतले बढेको छ ।

ती मदिरा किन्नका लागि विदेशिने रकम भने ६२ प्रतिशतले वृद्धि भएको छ । बियर, वाइन, ह्वीस्की, स्याम्पेन, भोड्कालगायत मदिरा र यस्तै खाले रक्सी उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयात हुने क्रम बढेको छ ।

साउनदेखि माघसम्म भउको आयातका आधारमा हेर्दा हरेक दिन नेपालमा ७२ लाख ३५ हजार रुपैयाँको मदिरा भित्रिने गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार