पशुपतिको जग्गा मनपरी बाँडिँदै


माघ २५ , काठमाडौं। पशुपति विकास कोषले गुरुयोजनाको धज्जी उडाउँदै आफ्नो नाममा रहेको जग्गा विभिन्न संस्था तथा व्यक्तिलाई मनपरी बाँड्ने तयारी गरेको छ । विश्वसम्पदा सूचीकृत धार्मिक धरोहर पशुपतिनाथको एकीकृत विकासका लागि बनाइएको गुरुयोजना लत्याउँदै कोषले विभिन्न संस्था एवं व्यक्तिलाई पूर्वाधार निर्माण र मुआब्जाका नाउँमा जग्गा बाँड्न लागेको हो । स्रोतअनुसार विभिन्न सात संस्था एवं झन्डै दर्जन व्यक्तिलाई जग्गा सुम्पने प्रस्ताव पशुपति विकास कोषको कार्यसम्पादन समितिमा पुगिसकेको छ ।

एक दर्जनलाई घडेरी
कोषले अधिग्रहण प्रभावितका नाउँमा एक दर्जन व्यक्तिलाई तिलगंगा आँखा अस्पतालछेउको कोषकै करोडौं मूल्य पर्ने जग्गा दुई आना, दुई पैसा दुई दामका दरले कौडीको भाउमा घडेरी दिने प्रक्रियासमेत अघि बढाएको छ ।

कोषले आँखा अस्पताल छेउमा रहेको ‘सी २’ जग्गा सुसनाथ उप्रेती, लवनाथ उप्रेती, उत्तमनाथ उप्रेती, कुमारनाथ उप्रेती, लीला घिमिरे, इन्दिरा उप्रेती, अमित उप्रेती, अपिल उप्रेती र मंगलमाया डंगोललाई दिने गृहकार्य अघि बढाएको हो । उप्रेतीजति एकै खलकका हुन् । कोषका कार्यकारी निर्देशक उप्रेतीकै दबाबमा उनीहरुलाई घडेरी दिने प्रस्ताव अघि बढाइएको हो ।
– नागरिक दैनिक

यसमा तपाइको मत

अन्य समाचार