प्रधानाध्यापक महिनामा एक दिन मात्र विद्यालयमा


महोत्तरी फाल्गुन

१०

सुनिता बराल

महोत्तरी जिल्लाको बर्दिवास १० स्थित राष्ट्रिय निम्न माध्यमिक विद्यालय वरडाँडामा शुक्रवार शिक्षा र संचारको अन्तरसम्बन्ध विषयक परामर्श कार्यक्रम सम्पन्न भएको छ । जिल्ला शिक्षा अधिकारीसहितका शिक्षासम्बद्ध जिम्मेवार पदाधिकारीहरुको उपस्थितिमा महोत्तरी जिल्लाका अधिकांश सामुदायीक विद्यालयमा भईरहेका शैक्षिक गतिविधिहरु माथी छलफल गर्दै उक्त कार्यक्रम सम्पन्न भएको हो । हिपात नेपाल मिडिया ग्रुप र सिटी स्टूडियो काठमाण्डौको सहकार्यमा मैत्री टोल बिकास संस्था, मैत्री कृषि सहकारी संस्था र माइस्थान कम्प्युटर कोर्सले आयोजना गरेको शिक्षा र सञ्चारको अन्तरसम्बन्ध बिषयक परामर्श कार्यक्रममा उपस्थित स्थानिय अभिभावक, विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षक, अभिभावक, पत्रकार र स्थानियवासीहरुले महोत्तरी जिल्लामा भईरहेको शैक्षिक गतिविधिका विषयमा जिसिअ ठुलोबाबु दाहाल समक्ष आफ्नो जिज्ञासा राखेका थिए । राष्ट्रिय निम्न माध्यमिक विद्यालय वरडाँडाका प्रधानाध्यापक भोला खड्का महिनामा ५ दिन पनि स्कुलमा हाजीर नहुने भन्दै स्थानिय अभिभावकले कार्यक्रमका प्रमुख अतिथि रहनु भएका जिशिअ दाहाल र स्रोत ब्यक्ति सूर्यनारायण दास समक्ष चर्काे आलोचना गरेका थिए । आफ्ना गुनासा राख्ने क्रममा अभिभावकहरुले शिक्षा अधिकारी र सामुदायिक बिद्यालयका शिक्षक, शिक्षक नभई जागिरे भएको तिखो टिप्पणी समेत गरेका छन् । स्थानीय महिला अभिभावक बिष्णुमाया थापाले आफ्नो भनाई राख्दै अधिकांश शिक्षकले आफ्ना बालबच्चालाई बोर्डिङ्ग स्कूलमा पढाइरहेका बताउँदै गरिबका बच्चाहरुलाई स्कुलमा भुल्याएर पङ्गु बनाइरहेको आक्रोस पोख्नुभयो । आजको शिक्षा र सञ्चार, आजको मिडिया र मिडियाकर्मी एबम् सामाजिक सञ्जाल र समाज बिषयमा गरिएको परामर्श कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दाहालले शिक्षा क्षेत्रमा बेथिति रहेको स्वीकार गर्दै यसको अन्त्यका लागि शिक्षासम्बद्ध सबै निकाय, शिक्षक र स्थानीय अभिभावकको संयुक्त पहलकद्मी हुन पर्ने बताउनुभयो । कार्यक्रम बालकुमार वाइवाको अध्यक्षतामा सम्पन्न भएको थियो

यसमा तपाइको मत

अन्य समाचार