बैंक कर्मचारीको मिलेमतोमा करोडौं ठगी


काठमाडौं, २८ माघ । बैंक कर्मचारीसँग मिलेमतो गरी अर्काको घरजग्गा बढी मूल्यांकन गराएर धितो राखी ठगी गर्ने गिरोह सक्रिय भएको खुलासा भएको छ। गिरोहले सामान्य आथिर्क हैसियतका र बैंकिङ कारोबारबारे थाहा नपाएका व्यक्तिलाई ठगी गर्ने गरेको पत्ता लागेको छ ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ– सञ्जाल बनाएर ठगी गर्दै हिँड्ने तीन जना प्रहरी फन्दामा परेका छन् । सोझासाझाको सम्पत्ति धितोमा राखेर बैंकबाट ऋण निकाली केही रकम जग्गाधनीलाई चर्को ब्याजमा ऋण दिएको फेला परेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका चण्डौलका अनुराग पहरी, झापा घैला डुबाका जीवन बोहरा र सुनसरी इटहरी उपमहानगरपालिका ५ का दीपकराज अधिकारी छन् । यही काण्डमा मुछिएका झापा कन्काईका केबल भण्डारी फरार छन् ।

यसमा तपाइको मत

अन्य समाचार