महिलाहरुका १० बानिहरु ! जो पुरुष हरुले बुझ्न सक्दैनन


भनिन्छ महिलालाई बुझ्नु सहज विषय होइन् । भन्नत भनिन्छ महिलाले हरेक काम योजना अनुसार गर्छन् तर वास्तविकता ठिक उल्टो हुने देखिन्छ । केटीहरुका अनेक सौख हुन्छन् र त्यही पुरा गर्नमै उनीहरुले समय खर्चिन्छन्, आरोप यस्तो लगाइन्छ ।

त्यसो त यस्तै आरोपहरु पुरुषहरुलाई पनि लाग्ने गरेको छ। केटा होस् वा केटी एक अर्काप्रति कम नभएको देखाउन दुबै लालायित हुन्छन् तर जिन्दगीमा कोही पनि पूर्ण भने हुँदैन । अहिले भने केटीहरुको राम्ररा, नराम्रा व्यवहारको बारेमा लाग्ने गरेका आरोपका बारेमा चर्चा गरिदैछ।

१. केटीहरु चेञ्जिङ रुममा कहिले पनि एक्लै जाँदैननन्
केटीहरु कहिले पनि एक्लै चेञ्जिङ रुममा छिर्दैनन् । जहिले पनि हुल बाँधेर छिर्छन् । तर यसो किन गर्छन् केटाहरुले कहिले बुझ्दैनन् ।

२. लिपिष्टिक पाउडर पटक पटक
अधिकाँश महिला आफ्ना ब्यागमा मेकअपका सबै सामग्री लिएर हिंडछन् र जव उनीहरु पार्टीमा जान्छन् दश पटक लिपिष्टिक र पाउडर लगाउँछन् । गाडीमा बस्नु अघि एक पटक फेरी लगाउँछन् भने ओर्लिने बेलामा फेरी नयाँ टच दिन्छन् । यो देखेर पुरुषहरु भने दिक्क हुन्छन् तर के भैरहेको भन्ने बुझ्दैनन् ।

३. खित्का छोडेर हास्नु
महिलाहरुलाई खित्का छोडेर हाँस्न एकदम मन पर्छ । महिलाहरु विभिन्न कारणले खित्का छोडेर हाँस्छन् । कोही नर्भस हुँदा हास्छन् त कोही उत्साहित हुँदा । कोही चाँहि केही कुरा लुकाउन परेको अवस्थामा हाँस्छन् ।

४ . मोटी देखिने पिर
अधिकाँश महिलालाई आफू मोटी देखिएको विषयमा पिर हुन्छ । हरेक केटीले आफ्ना नजिककाहरुसँग आफू मोटी देखिएको छु ? भनेर सोध्ने गरेका छन् । तर यसो किन हुन्छ पुरुषहरुलाई अनौठो लाग्छ ।

५. ठूलो पर्स वा झोला
अधिकाँश महिलाहरु आफ्नो साथमा पर्स वा झोला राख्छन् र त्यसको आकार जहिले पनि ठूलो हुन्छ । तर महिलालाई किन ठूलो झोला मन परेको हो भन्ने कुरा बुझ्न पुरुषले कहिले पनि सकेका छ्रैनन् ।

६. सरसफाइ
अधिकाँश महिला घर वा बस्ने ठाउँ सफा राख्न मन पराउँछन् । भर्खरै पुछेको भुइँमा कसैले टेक्दा पनि महिलालाई रिस उठ्छ । घरमा काम केही भएन भने महिलाहरु सरसफाइमा लागि हाल्छन् । यो मिलेन भनेर त्यो मिलेन भनेर महिलाहरु सँधै चिन्तित हुन्छन् ।

७. काँटा चम्चा प्यारो
महिलाहरुलाई भान्सामा काँटा चम्चा अति मन पर्छ । डाइनिङ रुममा अनेक किसिमका काँटा चम्चा मिलाएर राख्नु उनीहरुको शौख नै हुन्छ ।

८. कपडा बदल्ने बानी
महिलाहरुलाई एकै दिनमा पटक पटक कपडा बदल्न मन पर्छ । कतिपय महिलाहरु दिनमा १० पटक कपडा बदल्दा पनि थाक्दैनन् । हरेक महिलालाई कपडा बदल्न मन पर्छ ।

९. हुन्छ भनेको हुँदैन, हुँदैन भनेको हुन्छ
महिलाले के चाहन्छन् बुझ्न कठिन छ । उनीहरुले नाइँ भन्दा पनि हुन्छ भनिरहेका हुन्छन् भने हुन्छ भन्दा पनि नाइँ भनिरहेका हुन सक्छन् ।

१०. पिँठ्यु पछाडी कुरा काट्ने बानी
अधिकाँश महिलामा पिँठ्यु पछाडी कुरा काट्ने बानी हुन्छ । एक अर्कालाई निक्कै मायाँ गरेको जस्तो देखिने महिलाले समेत एक अर्काको कुरा काटिरहेका हुन्छन् । खासगरी महिलाहरुले एक अर्कालाई किन घृणा गर्छन् भन्ने बुझ्न कठिन् छ ।

– See more at: http://www.osnepal.com/267769#sthash.cqmvQEZd.dpuf

यसमा तपाइको मत

अन्य समाचार