राधिका हत्यामा प्रहरी हवल्दारको हात हुन सक्ने


जाजरकोट, माघ २६ – जाजरकोटको भेरीमालिका नगरपालिका-४ बोहराकी २४ वर्षकी   राधिका सुनार हत्याकाण्डको नयाँ रहस्य बाहिर आएको छ ।  हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालयकै मुद्दा फाँटमा कार्यरत प्रहरी हवल्दार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार कमल विकले राधिकाको शनिबार खुकुरीले हानी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भावेष रिमालले जानकारी दिनुभएको छ । शान्ति सुरक्षा दिने प्रहरीले नै महिलाको हत्या गरेपछि जाजरकोटमा महिला अधिकारकर्मीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि बुधबार बिहानैदेखि दोषीलाई कडा भन्दा कडा कारबाही गरिनु पर्ने, मृतकका बालबालिकाको लालन पालनको जिम्मा राज्यले लिनु पर्ने, हत्यारालाई फाँसी दिइनु पर्ने जस्ता नारा लगाएका थिए ।  डिएसपी रिमालले अपराधी आफूहरुले भेटाइ सकेको र छानबिन गरिरहेकाले दोषी प्रमाणित भएपछि कारबाही गर्ने बताउनुभयो । मृतकको पोष्टमार्टमपछि मंगलबार उनको परिवारले शव बुझेका छन् । तर दाह संस्कार भने अझै गरिएको छैन ।

यसमा तपाइको मत

अन्य समाचार