विश्वभर ट्रम्पको आलोचना हुन थालेपछि छोरीको ब्यापार हुन छाड्यो


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी छोरीको कम्पनीको उत्पादन बिक्न छोडेपछि उनी आक्रोशित भएका छन् । ट्रम्पले छोरी इभान्का ट्रम्पको स्वामित्वमा रहेको कम्पनीको व्यवासायिक ब्राण्डका लुगा बेच्च छोडेको पसलको आलोचना गर्दै ट्विट गरेका छन् ।

नोर्डस्ट्रोमले कम बिकेको भन्दै इभान्काको कम्पनीका कपडा बिक्रीमा रोक लगाएपछि राष्ट्रपति ट्रम्पले आलोचना गरेका हुन् ।

ट्रम्पले आफ्नी छोरीले आँफसुलाई सँधै आजको स्थानसम्म आइपुग्न महत्वपूर्ण भूमिका खेलेको तर्क गर्दै छोरीले कहिल्यै पनि नराम्रा काम गर्ने आँफुले नचिताएको र नोर्डस्ट्रोमले इभान्कालाई निकै अन्यायापूर्ण व्यवहार गरेको आरोप लगाए ।

यसैबिच राष्ट्रपति जस्तो मर्यादित र जिम्मेवार व्यक्तिले कुनै पनि निजी तथा व्यक्तिगत व्यावसायिक फर्मको पक्ष र विपक्षमा बोल्नु पदको मर्यादा विपरित रहेको भन्दै सिनेटरले आलोचना गरिरहेका छन् ।

 

यसमा तपाइको मत

अन्य समाचार