सफल  युबा व्यवसायी खमन छन्त्यालको सरर बतासै चलाउनी’ गितले चर्चाको शिखर चुम्दै भिडियो सहित


 

काठमाडौ २९ फागुन

रमेश बस्नेत  रेडियो छहारी 

नेपाली गित संगीत लाई अत्यन्तै  माया गर्ने युबा व्यवसायी खमन छन्त्याल लोक तथा दोहोरि गित भने पछि हुरुक्कै हुने र गित संगीत मै धेरै जसो रमाउने गर्दछन  ।तेसोत पछिल्लो पटक बजारमा निकै नै चर्चामा रहेको  खमन छन्त्यालको पहिलो प्रस्तुतीको रुपमा बजार मा आएको गित सरर बतासै चलाउनी’ ले निकै नै चर्चा बटुलिरहेको छ। चर्चित सफल सर्जक कस्तुप  पन्त को लय तथा सब्द मा तयार भएको सरर बतासै चलाउनी’ गीतमा  चर्चित लोक दोहोरि गायक कुलेन्द्र विश्वकर्मा र चर्चित लोक दोहोरि गायिका विष्णु माझीको आवाज रहेको छ ।भने निर्देशन प्रकाश भट्टले गरेका हुन् तेसैगरि  छायाङकन करण चैसिरले गरेका हुन । छन्त्याल हाल आफ्नो सब परिवार सहित अमेरिकामा बिगत बीस वर्ष देखि बस्दै आएका छन  कलाकारितासँगै व्यवसायको विस्तार पनि गर्दै आइरहेको  जानकारी गराउछन ।सफल  युबा व्यवसायी खमन छन्त्याल

सरर बतासै चलाउनी बोलको यस गीतमा चर्चित मोडल शंकर विसी र पार्वती राईको  धमाकेदार अभिनय देख्न सकिन्छ गित लाई सारथि  म्युजिकले बजारमा ल्याएको छ  छन्त्याल खुशी व्यक्त गर्दै  भन्छन ।दर्सक शोत्रा को धेरै माया पाएको छु पहिलो गित मै अब छिटै नेपाल आएर अर्को गित पनि निकालने तयारी गर्दै छु रेडियो छहारी को तर्फा बाट धेरै धेरै शुभकामना छ ।

यसमा तपाइको मत

अन्य समाचार