हजारौ दर्शक र २ दर्जन भन्दा बढी कलाकारले रंगियो ओखलढुंगाको रगनी


कमल सरगम
काठमाण्डौ ।
कलाकार राष्ट्रको गहना हुन् ।यही नाराको साथमा ओखलढुंङ्गाको रगनीमा रहेको हिमालय सामुदायिक सस्था नेपालले आयोजना गरेको बृहत होलि बिशेष साँस्कृतिक कार्यक्रम/साथमा शिब मन्दिरको उट्घाटन समारोह सम्पन्न भएको छ ।चर्चित कलाकार देखि समकालीन कलाकारहरुको बिचमा कार्यक्रम सम्पन्न भएको हो ।माननीय सांसद रामहरी खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ”बल्छी धुर्बे” र राजु पौडेल “राजु मास्टर” मोडल अनिता बस्नेत ,चर्चित निर्देशक तथा मोडल एकिन्द्र सारा शंकर ,संचार्कामी कमल सरगम ,संचारकर्मी रबि धिताल ,चर्चित लोकदोहोरी गायक बालकुमार श्रेष्ठ ,चर्चित गायिका प्रिया सेन्चुरी ,गायिका आसुका सुसिता घिसिङ्,प्रतिभासाली गायक एन बि लामा ,चर्चित पूर्वेली गायक राजु ढुंगेल ,प्रतिभासाली गायिका संगम लामिछाने ,गायिका कन्चन मगर ,गायक तिलक सुनुवार ,गायक गोबिन्द थिङ्ग लगाएतका कलाकारहरुको बाक्लो उपस्थितीमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।लाइभ दोहोरी घम्साघम्सीको साथमा हजारौ दर्शक को बिचमा होलि बिसेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको  हो ।माननीय सांसद रामहरी खतिवडाले शिब मन्दिरको उट्घाटन गर्दै भन्नु भयो “युवाहरुको जोसले थप् मेरो पनि जोस बढेको छ युवाहरुको यो कार्यको सम्मान गर्दै भगवान शिबको लागि र मन्दिरको संरक्षणको लागि १ लाख सहयोग गर्ने छु”। सोहि अबसरमा बिभिन्न सामाजिक कार्यमा लागेका व्यक्तिहरुले खतिवडालाइ गाउँलेहरूले यात्रामा सास्ती खेप्नु परेको भन्दै छिट्टै यो समस्याको समाधान गर्न अनुरोध गरे संगै खतिवडाले आगामी आर्थिक बर्षमा २३ करोड बजेट ल्याएर समस्याको समाधान गर्ने आस्वासन दिएका हुन् ।गायक बालकुमार श्रेष्ठको लाइभ दोहोरी र बल्छी धुर्बे साथमा राजु मास्टरको  कमेडीले दर्शकहरु नतमस्तक रहे भने अन्य कलाकारहरुको गायनमा पनि संगै झुमे ।दर्शकको घुइँचोले थप कार्यक्रम गर्ने जिम्मेवारी थपेको भन्दै हिमालय सामुदायिक सस्थाका आयोजक टिमले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम गर्ने प्रतिबद्धता जायर गरेका हुन् ।कार्यक्रम १७ घण्टा लगातार भएको थियो ।
कार्यक्रमका केहि तस्बिरहरु

यसमा तपाइको मत

अन्य समाचार