२ नेपाली युवाहरु फागुन २४ गते देखि हराए


चैत ३, काठमाडौँ । लाङटाङको क्यान्जिन गुम्बाबाट गन्जला पास हुँदै हेलम्बुको पदयात्रामा रहेका २ जना नेपाली युवाहरु गन्जला पास क्षेत्रमा हराइरहेका छन । भक्तपुर सिपाडोल बस्ने बर्ष २४ को बिबेक बस्नेत र ललितपुर पाटन घर भएका बर्ष २५ को योगेश शाक्य फागुन २४ गते देखि उक्त क्षेत्रमा हराइरहेको निजका परिवारले जानकारी गराएका छन ।

फागुन २४ गते क्यान्जिन उपत्यकाबाट “हामी गन्जला पास तर्फ लागेउ” भनेर अन्तिम पल्ट बिबेक बस्नेतले परिवारसँग फोन सम्पर्क गरेका थिए । खोजी कार्यको लागि परिवारबाट सिम्रीक एयरको हेलिकप्टर प्रयोग गरे पनि अहिले सम्म नभेटिएको पारिवारिक स्रोतले बताएको छ । आज पनि केही अनुभबी शेर्पाहरुलाइ तार्केघ्याङबाट पैदल खोजिकार्यको लागि गन्जला पास तर्फ पठाइएको बिबेक बस्नेतका दाजु बिजय बस्नेतले जानकारी दिए ।

यसमा तपाइको मत

अन्य समाचार