गायक रामजी खाँण र गायिका कृष्णा गुरुङको सुमधुर आवाजमा कृष्णा गुरुङको लोकदोहोरी गीत “राम्री नि छैन म” बजारमा


मल सरगम
काठमाण्डौ ।
नेपाली लोक सांगीतिक यात्राका बहुचर्चित लोकदोहोरी गायक रामजी खाँण र गायिका कृष्णा गुरुङको सुमधुर आवाजमा कृष्णा गुरुङको लोकदोहोरी गीत “राम्री नि  छैन म” बजारमा आएको छ । बजारमा आएको छोटो समयमा लाखौ दर्शकहरुको मन जित्न सफल यस गीतमा लय रामजी खाँणको रहेको छ भने शब्द नेत्र अर्यालको रहेको छ ।आशिष म्यूजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको यस गीतमा अभिनय चर्चित लोकदोहोरी गायक रामजी खाँण र करिश्मा ढकालले गरेकी छिन । बब्बु थापाको निर्देशनमा तयार गीतको म्यूजिक भिडियो छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन भने सम्पादन प्रविन भट्टले गरेका हुन् ।एकता फ्लिम्सले निर्माण गरेको यस गीतको म्यूजिक भिडियो अहिले डिजिटल बजारमा निकै चर्चामा छ ।यस भन्दा अगाडी पनि कृष्णा गुरुङ र रामजी खाँण को आवाज रहेको गीत निकै चर्चामा थियो अहिले पनि लाखौको मन जितिसकेको छ ।हेरौ अझै कति सफल पाउने छ यस गीतले ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको मत

अन्य समाचार