चर्चित गायिका जानकी तारामी मगर र गणेश सिंह को आवाजमा बर्षको सुरुवातमै दुनियाँ रूहाउने गीत बजारमा


कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक दोहोरी क्षेत्रकी चर्चित लोकदोहोरी गायिका जानकी तारामी  मगर र गणेश सिंह ठकुरीको  सुमधुर आवाजमा अन्जली भण्डारीको लोकदोहोरी गीत “फेरियो मन”बजारमा आएको छ। गीतमा लय प्रेम सिंह ठकुरीको रहेको छ भने शब्द अन्जली भण्डारीको रहेको छ।सनराइज म्यूजिक प्रालिले बजारमा ल्याएको गीतमा अभिनय चर्चित मोडल महेन्द्र गौतम र अर्की नायिका तथा मोडल रन्जिता गुरुङको रहेको छ ।  भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने हरि नारायण चौधरीले  छायांकनमा साथ् दिएका थिए । म्यूजिक भिडियोमा सम्पादन भने बिष्णु शर्माले गरेका हुन् ।गीत निकै उत्कृष्ट रहेको छ । गीतको सम्पूर्ण पक्ष उत्कृष्ट रहेरै होला गीत छोटो समयमा अत्याधिक रुचाइएको छ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामाना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको मत

अन्य समाचार