चर्चित सर्जक सन्तोष बानियाको कथामा आयो बहुप्रतिक्षित गीत “टुहुरी”


कमल सरगम
काठमाण्डौ ।
आफ्नो मान्छे सधै आफ्नै हुने रैछ ।आमा संसार हो भन्ने सबैलाई अबगतै छ ।आमाले जव सन्तानलाई धर्तीमा टेकाउछिन तब सन्तानले केहि पाठ सिक्दै अगाडी बढ्दछ ।छोराछोरीलाई पनि आमाको असाद्धै माया लाग्छ ।जव अकालमै आमाले संसार छाडेर जान्छिन नि तब थाह हुन्छ आमा को हुन् अनि किन भए म टुहुरो/टुहुरी  भन्ने प्रश्नहरु मनमा धेरै उब्जिन्छ हो यही शब्दवाणले मान्छेको मनमा छेडेको छ। यस्तै उत्कृष्ट शब्द भावमा अनुबन्धित SNB म्यूजिक एक्सप्रेसको प्रस्तुतिमा  लोक गीत “टुहुरी” बजारमा आएको छ । बहुचर्चित लोकदोहोरी गायक बिमल डाँगीको सुमधुर आवाजमा सुसजित गीतमा लय शब्द भने अहिलेका बहुचर्चित सर्जक सन्तोष बानियाँको रहेको छ ।सांगीतिक बजारमा निकै आसा गरेर पठाईएको यस गीतमा अभिनय भने आमाको भूमिकामा रश्मि भट्ट र छोराको भूमिकामा बुद्धिबिर थापाको रहेको छ । बि स्टार फ्लिम्सको निर्माणमा तयार पारिएको म्यूजिक भिडियोको निर्देशन भने बिक्रम चौहानले गरेका हुन् ।बासु बरालको छायांकनमा तयार पारिएको म्यूजिक भिडियोमा सम्पादन मिलन बिकले गरेका हुन् ।गीत निकै उत्कृष्ट रहेको र अझ आम दर्शक को मन जित्ने देखिन्छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामाना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको मत

अन्य समाचार