चर्चित मोडल दुर्गेश थापाको आकर्षण गायिका बिष्णु माझी तर्फ (भिडियो)


कमल सरगम
काठमाण्डौ ।
पिरतीको संसार जोडेको हु तिमी तिर साचो माया लगाएको छु विश्वास छ तिमीले पनि त् मलाइ माया गर्ने छौ ।तिमीमा जब आकर्षण म प्रति छ लाग्छ तिमीलाई संसारकै सबै भन्दा सुन्दर र मेरो लागि महत्वपुर्ण चिजको रुपमा आएकी छौ।”
यस्तै शब्द भावमा अनुबन्धित क्षितिज पारी उनको बस्तीमा ,यो मार्मिक संदेश उनले पाए हुन्थ्यो लगाएतका बिभिन्न गीतहरुबाट करोडौ दर्शक श्रोताको मन जित्न सफल चर्चित सर्जक तथा गायक किरण बाबु पुनको अर्को उत्कृष्ट लोकदोहोरी गीत “आकर्षण”बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायिका बिष्णु माझी र किरण बाबु पुनको सुमधुर आवाज रहेको गीतमा लय तथा शब्द पनि उनै चर्चित सर्जक किरण बाबु पुनकै रहेको छ ।लाखौको मन जित्न सक्ने शब्द र लय रहेको गीतमा आवाज पनि उतिकै मिठो रहेको छ ।गीतमा अभिनय चर्चित मोडल दुर्गेश थापा र सुप्रिया कटुवालको रहेको छ ।हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतिमा बजारमा आएको गीतको म्यूजिक भिडियोको निर्देशन भने चर्चित निर्देशक एकिन्द्र सारा शंकरको रहेको छ ।करण चैसिरको छायांकनमा तयार पारिएको गीतको सम्पादन भने चर्चित सम्पादक बिष्णु शर्माले गरेका हुन् ।गीतले लाखौको मन जित्ने देखिन्छ ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको मत

अन्य समाचार