चर्चित मोडल दुर्गेश थापाले गरे आफ्नो पेसा परिवर्तन लागे प्रहरीतिर


कमल सरगम
काठमाण्डौ ।
बहुचर्चित मोडल दुर्गेश थापाले आफ्नो पेसा बदलेका छन ।सधै मोडलिङ क्षेत्रमा देखिने दुर्गेश अब भने प्रहरीको भेसमा देख्न सकिन्छ तर यी सब यही गीतको म्यूजिक भिडियोमा सिमित छ ।बहुचर्चित लोकदोहोरी गायक मौसम गुरुङ र बिष्णु माझीको आवाजमा रहेको उत्कृष्ट लोकदोहोरी गीत “अन्धोपन”सांगितक बजारमा आएको छ।मौसम गुरुङ्कै प्रस्तुति रहेको गीत अहिले सम्मकै फरक र मार्मिक गीतको रुपमा लिन सकिन्छ ।गुरुङ्ले पहिलो पटक चर्चित गायिका बिष्णु माझी संग सहकार्यता गर्न पाएका हुन । ओम छिनालाको उत्कृष्ट लय र केशब घिमिरेको मन छुने शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय चर्चित मोडल दुर्गेश थापा,संचिता ठकुरी र क्रिष्टा केसीको रहेको छ ।उत्कृष्ट म्यूजिक भिडियो निर्माण गर्दै आएका चर्चित निर्देशक क्रान्ती केसीको उत्कृष्ट निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको छायांकन भने अर्जुन तिवारीले गरेका हुन् ।क्रान्ती केसीकै सम्पादनमा तयार भएको गीतको म्यूजिक भिडियो अहिले डिजिटल बजारमा आएको छ गीतको समग्र टिमलाई हार्दिक बधाई तथा शुभकामाना व्यक्त गर्दछौ ।

यसमा तपाइको मत

अन्य समाचार