पत्रकार तथा साहित्यकार पुरस्कृत


दाङ, १३ जेठ । पत्रकार तथा साहित्यकार कृष्णसेन ‘इच्छुक’को १५ औँ स्मृति दिवसका अवसरमा तीन जनालाई पुरस्कृत गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ दाङ शाखाले स्थापना गरेको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार उदय जिएमलाई प्रदान गरिएको हो । पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।

त्यस्तै प्रेस सेन्टर नेपाल दाङले स्थापना गरेको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार नरेन्द्र केसीलाई प्रदान गरिएको छ । जनसांस्कृतिक महासङ्घले स्थापना गरेको ‘कृष्णसेन इच्छुक स्मृति साहित्य पुरस्कार’ साहित्यकार नदीराम केसीलाई प्रदान गरिएको छ ।

केसी र नदिरामलाई रु दश÷दश हजार प्रदान गरिएको थियो । रासस

यसमा तपाइको मत

अन्य समाचार