अस्ट्रेलियासँग बराबरी खेल्दै चिली सेमिफाइनलमा, फाइनल पुग्न पोर्चुगलसँग भिड्ने


अस्ट्रेलियालाई पछि पार्दै चिली फिफा कनफेडेरेसन कप फुटबलको सेमिफाइनल पुगेको छ । प्रतियोगिताअन्तर्गत आइतबार राति भएको समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा बराबरीका बावजुत पनि चिली समूह उपविजेता हुँदै अन्तिम चारमा पुगेको को हो । दक्षिण अमेरिकी क्षेत्रको विजेता चिली अस्ट्रेलियासँग १–१ को बराबरीमा रोकिएको हो ।

चिलीका लागि मार्टिन रोड्रिग्वेज र अस्ट्रेलियाका लागि जेम्स ट्रोइजीले गोल गरे । खेलमा अग्रता अस्ट्रेलियाले लिएको थियो । ४२ औं मिनेटमा ट्रोइजीले गोल गर्दै अग्रता दिलाए पनि अग्रता जोगाउन नसक्दा चिलीलाई फाइदा पुग्यो ।

 

पहिलो हाफमा १–० ले पछि परेको चिलीका लागि ६७औं मिनेटमा रोड्रिग्वेजले बराबरी गोल गरेका थिए । अन्तिम चारमा पुग्न मात्रै १ आवश्यक रहेको चिलीलाई बराबरी नै काफी थियो । समूह विजेता बनेको जर्मनीको तीन खेलबाट ७ तथा उपविजेता बनेको चिलीले ५ अंक जोड्यो ।

अस्ट्रेलिया र क्यामरुन भने समूह चरणबाटै बाहिरिएका छन् । पोर्चुगल र मेक्सिको यसअघि नै अन्तिम चारमा पुगिसकेका छन् । फाइनल प्रवेशका लागि चिलीले अब क्रिस्टियानो रोनाल्डो सम्मिलित टिम पोर्चुगलको सामना गर्ने छ ।

यसमा तपाइको मत

अन्य समाचार