काठमाडौँमा ‘सफा सहर’ अभियान सुरु


काठमाडौँ, १८ जेठ । काठमाडौँलाई सफासुग्घर बनाउन ‘सफा सहर’ अभियान थालिएको छ ।

महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले आजदेखि ‘सफा सहर’ अभियान सुरु गर्नभएको हो । बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएका प्रमुख शाक्य र उपप्रमुख खड्गीले आज बूढानीलकण्ड नगरपालिका र काठमाडौँ महानगरपालिकाको सिमानामा रहेको बाँसबारीमा उक्त अभियानको सुरुवात गर्नुभएको हो ।

“काठमाडौँलाई सफा बनाउने अठोटका साथ अभियान सुरु गरिएको हो, देखाउनका लागि मात्र होइन,” नगर प्रमुख शाक्यले भन्नुभयो ।

सोही अवसरमा उपप्रमुख खड्गीले सहर सफा गर्ने कामका लागि मात्र नभई महानगरका सम्पूर्ण कार्य गर्न नगरवासीको सहयोगको आवश्यक रहेको बताउनुभयो । उक्त कार्यक्रममा स्थानीय बासिन्दा, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, काठमाडौँ महानगरका कर्मचारीलगायतको सहभागिता रहेको थियो । रासस

यसमा तपाइको मत

अन्य समाचार