गाउँमा अधिकृत, नगरमा उपसचिव


काठमाडौं /सरकारले तत्काललाई शिक्षा समूहबाट गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकामा उपसचिवस्तरका कर्मचारी खटाउने निर्णय गरेको छ। यसअघि ७ दिनभित्र खटाउने निर्णय गरे पनि कुन स्तरका कर्मचारी पठाउनेबारे निर्णय नहुँदा सम्बन्धित मन्त्रालय अन्योलमा थिए। मुख्यसचिव सोमलाल सुवेदीको अध्यक्षतामा शुक्रबार सरोकारवाला मन्त्रालयका सचिवहरूसहितको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले शिक्षाबाट महानगर, उपमहानगर र नगरपालिकामा उपसचिव स्तरका कर्मचारी खटाइने जानकारी दिए। ‘तत्कालै कम्तीमा एक जना भए पनि कर्मचारी पठाइहाल्नुपर्‍यो भनेर यो निर्णय भएको हो,’ उनले भने, ‘अब निर्णयअनुसार सम्बन्धित मन्त्रालयले पहिलो चरणमा निर्वाचन सम्पन्न भएका स्थानमा ७ दिनभित्र कर्मचारी पठाउनेछन्।’ उनले दोस्रो चरणको निर्वाचन असार १४ मा रहेकाले त्यसपछि मात्रै बाँकी ती स्थानीय तहमा विषयगत कर्मचारी खटाइनेछ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नगर तथा उपमहानगरमा उपसचिव, महानगरमा सहसचिव र गाउँपालिकामा शाखा अधिकृतलाई कार्यकारी अधिकृत पठाएको छ

यसमा तपाइको मत

अन्य समाचार