चलचित्र ‘कारखाना’ वर्षा सिवाकोटी र सुशील श्रेष्ठको अभिनय आउँदो शुक्रवारबाट पर्दामा


यही आउँदो शुक्रवारबाट प्रदर्शनमा आउने लागेको चलचित्र ‘कारखाना’को च्यारिटी सो सम्पन्न भएको छ । समाजिक सञ्जाल सक्रिय रहेको Woman’s Room Reloaded (WRR) को आयोजनामा बुधवार सिटि म्याक्स सिनेमा हलमा  चलचित्रको च्यारिटी सो गरिएको थियो । जसमा उक्त चलचित्रका टिम सहित दर्शकहरुको राम्राे उपस्थिति रहेको थियो ।

अमरदिप सापकोटाको लेखन र निर्देशन रहेको चलचित्रमा वर्षा सिवाकोटी र सुशील श्रेष्ठको अभिनय रहेको छ । घरबाट प्रेमका लागी भागेकी केटीले भोग्नु परेको दुख र उनले गरेको  सघर्षलाई चलचित्रमा उतारिएको छ ।

सुदिप खड्का र अमर बज्राचार्यको निर्माण रहेको चलचित्र कारखानामा वर्षा र सुशीलको साथमा नवीन लम्साल, जेविका कार्की, विकास उप्रेती, सुपी थापा, मौसमी मल्ल लगायतका कलकारको अभिनय रहेको छ । चलचित्रले दर्शकको राम्रो साथ पाउनेमा निर्माण पक्ष आशाबादी रहेको बताएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार