चुनावको बहिस्कार गर्दै राजपाले भोलिदेखि लगातार ४ दिन मधेस बन्द गर्ने


काठमाडौं, जेठ २८ । सरकारसँगको वार्ता असफल भएपछि राष्ट्रिय जनता पार्टीका नेताहरु आन्दोलन घोषणाको तयारीमा जुटेका छन् । आइतबार दिउसो ४ बजे उनीहरुले आफ्ना आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएका छन् ।

दोस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै राजपाले यही जेठ २९ गतेदेखि मधेसमा आन्दोलन गर्ने तयारी गरेको छ । भोलि २९ गते मसाल जुलुस गर्दै लगातार ४ दिन मधेस बन्द गर्ने राजपाका महासचिव केशव झाले नेपालीपत्रलाई बताए ।

सरकारसँगको वार्ता असफल भएपछि उनीहरु तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा नेताहरु भेला भइरहेका छन् । असार १४ गतेको चुनाव सार्न राखेको प्रस्ताव सरकारले अस्वीकार गरेपछि राजपाले आन्दोलनको घोषणा गर्ने तयारी गरेको हो ।

 

यसमा तपाइको मत

अन्य समाचार