चुनाव बिथोल्न सीके राउत र राजपाबीच यस्तो छ गोप्य कनेक्सन


काठमाडौं ३१, जेष्ठ । राष्ट्रिय जनता पार्टी र सीके राउतले मिलेर चुनाव बिथोल्न संयुक्त रणनीति बनाएका छन् । राउत समूहले मत बदरको अभियान चलाउने र राजपाले बिथोल्ने आन्दोलनबीच गहिरो कनेक्सन देखिएको छ ।

मधेशलाई नेपालबाट स्वतन्त्र गर्ने अभियानका नाइके राउतले चुनाव बिथोल्न राजपालाई हरतवरले साथ र सहयोग गरेको खुलासा भएको छ । चुनाव बहिस्कार गर्ने राष्ट्रिय जनता पार्टीको निर्णय र आन्दोलनलाई देश टुक्र्याउने बिखण्डनकारी अभियानका सीके राउतले समर्थन जनाएका छन् ।

राउतले राजपा नेता महन्थ ठाकुरलाई पत्र लेखेरै राम्रो निर्णय गरेको भन्दै धन्यवाद समेत दिइसकेका छन् । सिके राउतले महन्थ ठाकुरलाई हिन्दी भाषामा पत्र लेखेर चुनाव बहिस्कारका लागि धन्यवाद मात्रै दिएका छैनन्, चुनाव बहिस्कार गर्ने तरिका समेत सिकाएका छन् ।

राउतले चुनावलाई सक्रिय बहिस्कार गर्ने भन्दा पनि मतदानमा भाग लिएर मतपत्रमा कोठाबाहिर छाप लगाउन राजपा नेता कार्यकर्तालाई सल्लाह दिएका छन् ।

चुनाव बहिस्कार तीन तरिकाले हुन्छ भन्दै राउतले चुनाव बिथोल्नखोज्नु सक्रिय बहिस्कार हुने र मतदान गर्न नजानु निश्क्रिय बहिस्कार हुन जाने राउतको तर्क छ ।

उनले महन्थ ठाकुरलाई भनेका छन् कि यी दुबै तरिका अपनाउनुको साटो ‘राइट टु रिजेक्ट’ को अधिकार प्रयोग गर्दै बहुमत मतपत्र बदर गरेर चुनावलाई अवैधानिक बनाउन सकिन्छ ।

राजपाको आन्दोलनमा राउतका कार्यकर्ता
चुनाव बिथोल्न राजपाले गरेको आन्दोलनमा सीके राउतका कार्यकर्ता समेत रहेको पाइएको छ । चुनाव हुन नदिने रणनीतिसँग सहमत रहेका राउतले आफ्ना कार्यकर्तालाई राजपाको आन्दोलनमा परिचालन गरेको प्रष्ट देख्न सकिन्छ । सामाजिक सञ्जालदेखि सडक आन्दोलनसम्मै राउतका कार्यकर्ताहरु राजपासँगै देखिन्छन् ।

राउतले मतदानमा भाग लिएर चुनाव बहिस्कार गर्न भने पनि मधेसमा राजपाका नाममा भइरहेको आन्दोलनमा सिके राउतका कार्यकर्ता समेत उत्रिएर निर्वाचन बिथोल्ने कार्यमा लागिरहेको स्थानीय प्रशासनको दाबी छ ।

यसैबीच, बिखण्डनका अभियन्ता सीके राउतले महन्थ ठाकुरलाई धन्यवाद दिँदै लेखेको पत्रबारे बुधबार गहृ मन्त्रालयमा समेत छलफल भएको स्रोतको दाबी छ

यसमा तपाइको मत

अन्य समाचार