झापामा ओलीसँग समर्थकका ‘चुम्बन र सेल्फी’, हेर्नुस् तस्बिरमा


चुनावी सभालाई सम्बोधन गर्न गृहजिल्ला झापा आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मञ्चमै ‘किस’ गर्ने र ‘सेल्फी’ लिने लहर नै चलेको देखियो ।

गृह जिल्लामा एमोलाई बजबुत बनाउन ओली तीन दिनसम्म झापाका दर्जन चुनावी सभामा सहभागी बने । जहाँ–जहाँ पुगे, उनी त्यहाँ जुझारुसाथ सहभागी बने ।

 

निर्वाचन अभियानमा सहभागी हुन ओलीलाई चुनाव जित्नैपर्ने बाध्यता मात्रै हैन, कार्यकर्ता र सर्वसाधारणबाट पाएको मायाले पनि उत्साहित बनाएको दृश्यहरुमा प्रष्टै देखिन्थ्यो ।

 

सर्वसाधारणसँग सहजै घुलमिल हुने स्वभाव भएका ओलीसँग झापाका चुनावी सभाक्रममा सेल्फी खिच्ने युवा–युवतीदेखि मञ्चमै उक्लेर अंगालो हाल्ने र किस गर्ने महिलासमेत देखिए । ती तस्बिर र भिडियो अहिले निकै हिट भइरहेका छन् ।
झापामा ओलीसँग परिचय गर्न र सेल्फी खिच्न तम्सिनेमा बढी युवा पुस्ताकै देखिन्थे । त्यस्ता धेरैजसो युवा–युवतीको इच्छा ओलीले पूरा पनि गरिदिए ।

यसमा तपाइको मत

अन्य समाचार