दिपिका परिन् ‘हलिउड अवार्ड’को मनोनयनमा


चर्चित बलिउड अभिनेत्री दिपिका पादुकोण हलिउडको एक अवार्डमा मनोनयनमा परेकी छन् । अभिनेता भिन डिजेलसँग ‘एक्सएक्सएक्स : द रिटर्न अफ् द ज्यान्डर केज’ बाट हलिउड फिल्ममा पाइला राखेकी दिपिका ‘टिन च्वाइस अवार्ड इन च्वाइस मुभी एक्ट्रेस’ विधामा मनोनयमा परेकी हुन् ।

दिपिकासँगै सोही फिल्मका नीना डोभरेव र रूबी रोज पनि मनोनयनमा पर्न सफल भएका छन् । त्यस्तै, ‘वन्डर वुमन’ बाट गल ग्याडोट, ‘फेट अफ द फ्यूरियस’ बाट मिसेल रोड्रिग्यूज र’पाइरेट्स अ दि क्यारेबियन : डेड म्यान टेल नो टेल्स’ बाट काया स्कोडेलारियो पनि उक्त अवार्डका लागि मनोनयमा पर्न सफल भएका छन् ।

दिपिकाले ‘एक्सएक्सएक्स’ सिरीजको चौथो संस्करणमा पनि अभिनय गर्ने पक्कापक्की भइसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार