दोस्रो चरणको निर्वाचनमा पनि पहिलो चरणमा जस्तै एमाले नै पहिलो पार्टी हुन्छ नेता माधव कुमार नेपाल


एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि एमाले नै पहिलो पार्टी बन्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपालद्वारा बुधबार काठमाडौंमा आयोजित अन्तरसंवादलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि एमाले शक्ति बन्ने ठोकुवा गरेका हुन् ।

‘सरकारले एमालेसँग सामान्य छलफल पनि नगरी आफू बलियो भएको तीन प्रदेशमा पहिलो चरणको निर्वाचन गर्ने घोषणा गरेको हो,’ नेपालले भने, ‘पहिलो चरणमा निर्वाचन भएका तीन प्रदेशमा एमाले कमजोर बन्छ भन्ने उहाँहरूको अनुमान फेल भयो, अब दोस्रो चरणमा निर्वाचन हुने प्रदेश त्यसै पनि एमालेको पकड रहेका प्रदेश हुन्, त्यसैले एमाले अब मुलुकभर नै पहिलो हुनेमा कसैले रोक्न सक्दैन ।’

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्ण समर्थन वा पूर्ण विरोध नगर्ने समेत उनले प्रस्ट पारे । सरकारको पहिलो काम ७ माघभित्र सम्पूर्ण तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्ने बताउ“दै नेता नेपालले त्यसको दायाँबायाँ भए एमालेले अस्वीकार गर्ने उल्लेख गरे ।

 

यसमा तपाइको मत

अन्य समाचार