न्युजिल्यान्डलाई ४–० ले हराउँदै पोर्चुगल पुग्यो सेमिफाइनल, न्युजिल्यान्ड आउट !


पोर्चुगल रुसमा जारी फिफा कनफेडेरेसन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा शनदार जित हात पार्दै पोर्चुगलले अन्तिम चारको यात्रा तय गरेको हो ।

पोर्चुगलले न्युजिल्यान्डमाथि ४–० को रवाफिलो जित निकाल्दा कप्तान रानोल्डोले सुरुआती गोल गरेका थिए । उनले पेनाल्टीमा गोल गरेका हुन । त्यस्तै, बर्नाडो सिल्भा, आन्ड्रे सिल्भा र नानीले गोल गरे ।

न्युजिल्यान्डसँगको खेलमा रोनाल्डोलाई आराम दिइने चर्चा थियो । तर, उनी मैदानमा आएर टिमका लागि सुरुआती गोल पनि गरे ।

खेलको ३३औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत् गोल गर्दा त्यसको ४ मिनेटपछि बर्नाडोले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

त्यसपद्धि अर्को गोल हुन ८०औं मिनेटसम्म पर्खनुपर्यो । त्यहाँ आन्ड्रे सिल्भाले गोल गरे भने इन्जुरी समयमा नानीले गोल गरेपछि पोर्चुगल ४–० ले विजयी भयो ।

जितपछि पोर्चुगलले समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो । उसले समूह चरणका तीन खेलमा दुईमा जित र एकमा बराबरी गर्दै ७ अंक जोड्यो । प्रतियोगितामा तीनै खेल गुमाएको न्युजिल्यान्ड शून्य अंकमा रहँदै आउट भयो ।

यसमा तपाइको मत

अन्य समाचार