पाँचथरमा काङ्ग्रेस,अन्य पार्टी परित्याग गरी ५० जना एमालेमा प्रबेश


पाँचथर , फिदिम नगरपालिका वडा नं.६ मा नेकपा एमालेले साँस्कृतिक कार्यक्रम सहितको चुनावी आमसभा सम्पन्न गरेको छ । सो चुनावी आमसभामा नेपाली काङ्ग्रेस,अन्य पार्टी परित्याग गरी ५० जना एमालेमा प्रबेश गरेका छन् ।

नेकपा एमालेका जलस्रोत तथा उर्जा विभाग सचिब एवं पुर्व साँसद बसन्तकुमार नेम्बाङको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त आम सभामा भगिबहादुर तुम्रोक, मैतबहादुर आले, ललितबहादुर आले लगायत ५० जना एमालेमा प्रबेश गरेको प्रेस चौतारीका जिल्ला सदस्य महेन्द्र लुइटेलले बताउनु भएको छ ।

र्काक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य अनिता राई, वडा अध्यक्ष उमेदवार धनकुमार सारु, उपमेयरका उमेदवार मुना नेम्बाङ, मेयरका उमेदवार तथा एमाले जिल्ला अध्यक्ष राजकुमार भण्डारी, जनसाँस्कृतिक महासंघ केन्द्रीय कोषाध्यक्ष भूमिका नेम्बाङ, प्रमुख अतिथि बसन्तकुमार नेम्बाङले आआफ्नो धारणा राख्नु भएको थियो ।

 

यसमा तपाइको मत

अन्य समाचार