पौडेलद्धारा देउवाको खुलेरै आलोचना सभापतिलाई पार्टी हारेको भन्दा प्रधानमन्त्रीको बढि चिन्ता


काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको खुलेरै आलोचना गरेका छन् । कांग्रेस कार्यसम्पादन समितिको बैठकमा पौडेलले स्थानीय निर्वाचनमा पार्टी हार्दै गरेको चिन्ता सभापति देउवालाई नभई र प्रधानमन्त्रीतिर मात्र ध्यान भएको आरोप समेत लगाए ।

‘स्थानीय निर्वाचनमा पार्टी दोस्रो तहमा झरिसक्यो, त्यसको चिन्ता छैन’ बैठकमा पौडेलले भने ‘सभापतिज्यूलाई पार्टी भन्दा पनि प्रधानमन्त्रीकै कुर्सि प्यारो लाग्न थालेको छ, उहाँको सम्पूर्ण ध्यान त्यही छ ।’ पौडेलले ब्यक्तिको स्वार्थमा पार्टीको पराजय कांग्रेसका लागि दुखद बिषय भएको बताए । उनले पाटी पराजयको जिम्मा लिन समेत देउवालाई आग्रह गरे ।

‘स्थानीय निर्वाचनमा पार्टी पराजित भइसक्यो, यसको जिम्मा लिँदै संगठनलाई कसरी चलाएमान बनाउने भन्नेमा ध्यान जान सकेको छैन’ देउवालाई पौडेलले भने ‘त्यो भन्दा ठुलो चिन्ता कार्यकर्तामा निराशा छाएको छ, कतिपयले पार्टी पनि छोड्न लागि सके ।

उनले ठिक समयमा ठिक निर्णय लिन नसकेका कारण पार्टीको पराजय भएको बताए । ‘कहिले हामी राजदूत नियुक्तिमा चुक्यौ, कहिले प्रहरी महानीरिक्षक नियुक्तिमा’ पौडेलले भने ‘प्रधानन्यायाधीश माथीको महाअभियोग र माओवादी केन्द्रको साँठगाँठ नै कांग्रेस पराजयको कारण हो ।’

 

यसमा तपाइको मत

अन्य समाचार