प्रमुख निर्वाचन आयुक्तलाई कालो झन्डा


सप्तरी/राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताले आइतबार प्रमुख निर्वाचन आयुक्ता डा. अयोधिप्रसाद यादवलाई गृहनगर राजविराजमा कालो झन्डा देखाएका छन् । जिल्ला निर्वाचन कार्यालय सप्तरीले आइतबार राजविराजस्थित प्रजिअको निवासमा राखेको ‘स्थानीय तह चुनावसम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया’मा प्रमुख अतिथि भएर आएका उनलाई कालो झन्डा देखाएका हुन् । उनलाई प्रजिअ निवासको मूलगेटमै कालो झन्डा देखाइएको हो । प्रदर्शनकारी भन्दा दोब्बर संख्यामा सुरक्षाकर्मीको उपस्थिति थियो । तर, प्रदर्शनकारीले प्रमुख निर्वाचन आयुक्त यादव चढेको गाडीलाई सडकमै एक मिनेटसम्म रोकाएका थिए । उनीहरूले यादवविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

आयोजकले दिउ“सो २ बजेको समय निर्धारण गरे पनि राजपाको विरोधले गर्दा आधा घन्टा ढिलो भएको थियो । सुरक्षाकर्मीले घेरा हालेर प्रमुख निर्वाचन आयुक्तलाई कार्यक्रमस्थल पु¥याएका थिए । उत्तर–दक्षिण दिशामा रहेको सडकको पश्चिमतर्फ प्रजिअ निवास प्रवेश गर्ने ठाउ“को दुवैतर्फ राजपा कार्यकर्ताको उपस्थिति थियो ।

प्रदर्शनकारीलाई रोक्न प्रजिअ कृष्णबहादुर कटुवाल, नेपाल प्रहरीका एसपी अनुराग द्विवेदी र सशस्त्रका एसपी रामउद्धार यादव पनि सडकमा नै खटिएका थिए । प्रमुख निर्वाचन आयुक्त चढेको गाडीलाई सडकमै रोकाएर कालो झन्डा देखाउन थालेपछि राजपाका कार्यकर्तालाई सुरक्षाकर्मीले समातेर हटाएको थियो । प्रहरीले प्रदर्शनकारीको साथबाट कालो झन्डासमेत खोसेका थियो ।

एमालेको कार्यक्रम बिथोलियो

एमालेको राजविराज नगर समितिले आइतबार स्थानीय एक धर्मशालामा आयोजना गरेको चुनावी कार्यक्रमलाई राजपाले बिथोलिदिएको छ । दर्जनौँको संख्यामा पुगेका राजपाका कार्यकर्ताले एमालेको चुनावी सभालाई बिथोल्दै वितरण गर्न ल्याएको चुनाव चिह्न ‘सूर्य’ अंकित टिसर्टसमेत जलाइदिएका छन् ।

एमाले सप्तरीका युवा नेता निरञ्जन झाले आपूmहरूको शान्तिपूर्ण कार्यक्रममा राजपाद्वारा हस्तक्षेप गरिएको र सुरक्षाकर्मीले सुरक्षा नमिलाएको आरोप लगाए ।

 

यसमा तपाइको मत

अन्य समाचार