बसको झ्यालबाट उछिट्टिएर ११ महिने शिशुको मृत्यु : कसरी भयो बस दुर्घटना ?


खोटाङ : बसको झ्यालबाट उछिट्टिएर खोटाङमा ११ महिने शिशुको मृत्यु भएको छ। सदरमुकाम दिक्तेलबाट यात्रु लिएर जयरामतर्फ जाँदै गरेको बा २ ख ७०७१ नम्बरको बस दुर्घटना भएको हो । बस सोमबार राति हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा जयराममा भित्तामा ठोक्किँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका शिशु अजित बिश्वकर्माको झ्यालबाट उछिट्टिएर मृत्यु भएको हो।

बस दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । ब मोडको भित्तामा ठोक्किदा शिशु झ्यालबाट उछिटिएपछि उनको घटनास्थलमै
मृत्यु भएको हो ।

सँगै दुर्घटनामा रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३२ वर्षकी मनकला राई, ३० वर्षकी अनु राई, १४ महिने नयन राई, २१ महिने समनिया राई गम्भीर घाइते भएका छन्।

प्रहरी चौकी च्यास्मीटारका अनुसार घाइतेलाई उपचारका लागि कटारी, धरान लगायतका स्वास्थ्य संस्थातर्फ पठाइएको छ ।
बस चालक भने फरार छन् ।

 

यसमा तपाइको मत

अन्य समाचार