मोरङको प्लार्इ उद्योगमा भीषण आगलागी, करोडैको क्षति


मोरङको बुढीगंगा‍‍ -५ नेमुवास्थित ग्रिन प्लाई उद्योगमा भीषण आगलागी भएको छ । शनिबार बिहान साढे ४ बजेदेखि सुरु भएको आगो निभाउन पूर्वका विभिन्न जिल्लाबाट आएका ११ वटा दमकलले प्रयास गरिररहेका छन् ।

आगलागीबाट उद्योगका कलकारखाना, तयारी सामग्री तथा करोडौं मूल्य बराबरको कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण अझै आउन बाँकी रहेको डिएसपी थापाले बताउनु भयो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ |

सुरक्षाकर्मी र स्थानीयवासी पनि आगलागी नियन्त्रणमा जुटेका छन् तर आगो नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले भन्नुभयो,‘मोरङ, झापा, सुनसरी र सप्तरीका ११ वटा दमकल घटनास्थलमा खटिएका छन् करिब पचास प्रतिशत जति आगो नियन्त्रणमा आएको छ ।’

यसमा तपाइको मत

अन्य समाचार