यस वर्षको एसइईको नतिजा सार्वजनिक, कसरी थाहा पाउने त नतिजा ?


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइई परीक्षाको नतिजा प्रकाशित भएको छ । प्रकाशित नतिजा अनुसार एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न मध्य नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।

परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् ।परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको छ । यदि नतिजामा चित्त नबुझेमा आजको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सकिनेछ ।

यसमा तपाइको मत

अन्य समाचार