यीनै हुन् घरको साङ्ला बेचेर करडौँ कमाउने व्यक्ति जसलाई पागल भन्नेहरुले पनि थाले साङ्लो खेति


हाम्रो स्थास्थ्यमा प्रतिकुल असर त पार्छ नै ती विषादी किन्न पैंसा पनि टन्नै खर्च हुन्छ ।

अब भने साङ्लो मार्नुभन्दा त्यसलाई बिक्री गरेर आम्दानी गर्ने विकल्पको समेत विकास भइसकेको छ । सुन्दा आश्चर्य लाग्ला तर उत्तरी छिमेकी राष्ट्र चीनमा साङलाको बिक्रीबाट मानिसहरु करोडपति भएका छन् । अहिले चीनमा साङ्लाको व्यवसायिक खेती समेत हुन्छ । चिनियाँ किसान झुउ होइ व्यवसायिक रुपमा साङ्लोको खेती गर्ने पहिलो चिनियाँ किसान मानिन्छन् । उनी सन् २०१३ देखि साङ्लाको खेतीमा संलग्न छन् । साङ्ला बिक्री गरेर उनले करोडौं कमाइसकेका छन् ।

 अहिले उनले गरेको काम अन्य मानिसले पनि गर्न थालेका छन् । साङ्लोको खेती गर्दा धेरै मानिसहरुले उनलाई ‘पागल’ समेत भनेका थिए । तर त्यतिबेला उनलाई ‘पागल’ भन्नेहरु नै अहिले साङ्लोको व्यावसायिक खेतीमा लागेका छन् ।विभिन्न प्रकारका औषधी उत्पादनमा साङ्लोको प्रयोग हुने गरेको छ । साथै मानिसहरुले साङ्लोबाट बन्ने परिकार पनि विशेष रुचीका साथ खाने गर्छन् ।यस्तै विशेष प्रकारको वाइन बनाउन पनि साङ्लोको प्रयोग हुने गरेको बताइन्छ ।

यसमा तपाइको मत

अन्य समाचार