वन क्षेत्रको जग्गा प्रयोगमा खुकुलो व्यवस्था


काठमाडौँ, १९ जेठ । सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त विकास परियोजनाका लागि वन क्षेत्रको जग्गा प्रयोगमा खुकुलो व्यवस्था गरेको छ ।

विकास आयोजनालाई अगाडि बढाउनका लागि वन क्षेत्रको जग्गा प्रयोगमा रहेको कडा प्रावधानका कारण समस्या भएको तथा प्रवद्र्धक र वन मन्त्रालयबीच विवाद रहँदै आएकोमा नयाँ व्यवस्थाले खुकुलो प्रावधान अगाडि सारेको हो ।

सरकारले यही जेठ ८ गते पारित गरेको ‘राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने सम्बन्धी कार्यविधि–२०७४’ मार्फत सट्टाभर्ना गराउन नसकेको जग्गाबापत आयोजनाले वन मन्त्रालयबाट जारी भएको मापदण्ड बमोजिम निर्धारण हुने रकम तिर्न पाउने नयाँ व्यवस्था गरेको हो ।

अनुमतिपत्र वा सम्झौता अवधि समाप्त भएपछि बिना सर्त सरकारलाई निःशुल्क हस्तान्तरण हुने आयोजनाले वन क्षेत्रको जग्गा तोकिएको रकम तिरेर प्रयोग गर्न पाउनेछन् । यसअघि प्रयोग हुने क्षेत्रफल बराबरको जग्गा योजना रहेको ठाउँ नजिक सट्टाभर्ना गराउनुपर्ने व्यवस्था रहँदै आएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार