२१ अर्व काण्डका नाइके विशेष अदालतमा,खनिए अख्तियार विरुद्ध


जा चोर उस्कै ठूलो स्वर भनेको यही हो । कांग्रेस नेता रामशरण महत देखि वर्तमान अर्थमन्त्री कृष्ण बहादुर महरालाई समेत प्रभावमा पारी सदैव एउटै अड्डामा राज जमाउन सफल आन्तरिक राजस्व विभागका हाकिम चूडाामणी शर्मा अख्तियारको फन्दामा परेपछि उनी उल्टै अख्तियार विरुद्ध खनिएका छन ।

व्यापारीहरुसँग कर असुल्ने तर राज्यकोषमा दाखिला नगरी सो रकममा तर मार्दै आएका उनले ३० अर्ब ५२ करोड रुपैंयाको राजस्व फस्यौंट गर्दा ९ अर्ब ५४ करोड रुपैंयामात्रै राज्यकोषमा दाखिला भई अरु रकम अनियमित ढंगले मिनाहा भएको घटनामा शर्मा मुछिएका हुन् ।

व्यापारीहरुसँग कर असुल गरी राज्यकोषमा दाखिला नगरेको अभियोगमा अस्ति शुक्रवार देखि अख्तियारको हिरासतमा रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूणामणी शर्मालाई आज विशेष अदालतमा हाजिर गरिएको थियो ।

अदालतमा मलिन अनुहारमा उपस्थित भएका शर्माले अख्तियारले संसद र सरकारकै अपमान गरेको आरोप लगाएका भ्याए ।
आइतबार म्याद थपका लागि विशेष अदालत पुर्याइएका उनले आफूले विद्यमान ऐन नियममा उल्लेखित व्यवस्था अनुसार नै विधिसम्मत काम गरेको दाबी गर्दै आफूूमाथि लागेको आरोप कर फछ्र्यौट आयोगको विधि निर्माण गर्ने संसद र सरकारकै अपमान रहेको बताए ।

सादा पोशाकका सुरक्षाकर्मीको उच्च सुरक्षामा अदालत पुर्याइएका उनको अनुहार हेर्न लायक देखिन्थ्यो । आयोगका सुरक्षाकर्मीहरुले उनलाई बोल्न रोकेका थिए ।

शर्मामाथि व्यवसायीहरुसँग कर असुली गरेर राज्यकोषमा दाखिला नगरेको आरोप लगाइएको छ । उनलाई गत शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभाग परिसरबाटै कर फछ्र्यौट आयोगमार्फत कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।यसकाठमाडौबाट

 

यसमा तपाइको मत

अन्य समाचार