गायिका तथा सर्जक साबित्री गिरिको चौबन्दि चोली हेरौ कस्तो रहेछ ( भिडियो सहित )


कमल न्यौपाने

युएई साउन १४

निकै लामो समयदेखि प्रवाशबाटै भएपनी निरन्तर नेपाली गीत संगीतलाई माया गर्दै आईरहेकी गायिका तथा सर्जक साबित्री गिरीले मौलिक लोक लयमा आधारित तिज गीत बजारमा ल्याएकि छिन । लामो समयदेखि प्रबाशमै रहेकी गिरीले नेपालीका वास्तबिक्तालाई आफ्ना गीतमा समाबेस गर्दै आईरहेकी छिन । कहिले माईतिको माया त कहिले बिरानो मुलुकमा रहँदा आफ्नो गाउँ घरको माया । यस्तै यस्तै भावसहितको गीत प्रस्तुत गर्न रुचाउँछिन गिरि । सोही क्रमलाई निरन्तरता दिदै अहिलेको तीजमा गिरिले आफ्ना माईतिहरुसंग भेट हुँदाको पललाई आफ्नो गीतमा प्रस्तुत गरेकी छिन । प्रायजसो आफ्ना गीतमा नेपाली मौलिकतालाई नछुटाउने गिरीले अहिलेको तीज गीत चौबन्दि चोलीमा पनि सो क्रमलाई निरन्तरता दिएकी छिन । चौबन्दि चोली बोलको गीतको रचना तथा संगीत सावित्री गिरी आफै गरेकी छिन । स्काई कल्चर क्रियशनले गीतलाई बजारमा ल्याएको छ । गीतमा गिरीकी छोरी ज्योती गिरीको समधुर स्वर रहेको छ । मधुर बस्नेतको निर्देशन तथा छायकंनमा तयार पारिएको गीतको भिडियोमा समेत सहर बजारका तामझाम भन्दा पर रहेर गाँउ घरका मौलिक परम्परालाई समेटिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार