छुटेका लाई मैका फोटोसहितको मतदाता नामावली संकलन आजदेखि


काठमाण्डौ साउन १

आज देखि निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावलि संकलन सुरु गरेको छ । प्रदेश सभा र प्रतिनिधिसभा सदस्य चुनावका लागी आयोगले साउन १५ गते सम्म मतदाता नामावलि संकलन गर्न लागेको हो ।
आयोगले सूचना निकालेर १८ वर्ष पुगेका तर मतदाता नामावलीमा नाम नलेखाएका वा लेखाए पनि ठेगाना लगायत विवरण फरक परेकालाई आफ्नो स्थायी ठेगाना भएको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।
नाम दर्ता गर्न वा सच्याउन जाँदा आफ्नो नागरिकताको प्रमाणपत्र लिएर जानुपर्नेछ । यसअघि नै नाम दर्ता गराएका र नामावली सच्याउन नपर्ने व्यक्तिले भने फेरि पनि नाम दर्ता गराउन नपर्ने आयोगले स्पष्ट पारेको छ ।

यसमा तपाइको मत

अन्य समाचार