ढलमा परेर बालिकाको ज्यान लिएको चर्चा संगै,फेरि ढल खनेको खाडलमा राँगो परेपछि…


काठमाडौ-  काठमाडौंको सडकको भेलले एक बालिकाको ज्यान लियो। एक बालिकालाई ढुवायो। धन्न उनको उद्वार भयो।  युरिका हाइस्कुल, मनमैजुस्थित कक्षा ३ मा अध्ययनरत १० वर्षीया विनिता फुयाँलको भेलले ज्यान नै लियो।
यस्तै वृहस्पति विद्या सदन, नक्सालमा पढ्ने सत्या सापकोटा भेलमा उनी डुविन्। सत्या नालीमा खसेकि थिइन्। भेलले उनलाई ह्युम पाइपभित्र पुर्‍यो। तर उनको उद्दार भयो। यी घटनाले राजधानीको सडकको अवस्था दर्शाउँछ।
सामाजिक सञ्जालमा अहिले अर्को तस्बिर सार्वजनिक भएको छ। राजधानीको चावहिल क्षेत्रमा ढलको लागि खनिएको सडकको खाडलमा परेर राँगो मरेको छ। चावहिल क्षेत्रको सडक निर्माण गर्न थालेको लामो समय भए पनि अझै सकिएको छैन। जसका कारण उक्त क्षेत्रका बासिन्दा गर्मीमा धुलो र वर्षामा भेलको सास्ती भोग्न बाध्यछन्। चावहिलको खाडलमा परेको राँगो निकाल्दै गरेका तस्बिर फेसबुक सन्जालमा पोष्ट गरेका छन्।

यसमा तपाइको मत

अन्य समाचार