तिम्रो काखमा र मुटुमा बस्न सकिन निर्मला कार्की


काठमाण्डौ निर्मला कार्की

प्रिय बिष्णु ,
मेरो पनि चाहना कहाँ थियो र त्यति कठोर मन पनि त् हैन तिमी संगै बाच्ने रहर हुदा हुँदै पनि तिम्रो काँखमा र तिम्रो मुटुमा बस्न सकिन, अट्न सकिन। सके त् केवल तिमीबाट चोट सहेर बाच्न सके ।जब जन्ती संगै तिमी जादै गरेको बेलामा पनि म हास्दै तिम्रो दाम्पत्य जीवनको सुभकामना दिने मेरो सपना पुरा भएको छ।प्रेम पाउनु मात्र ठुलो कुरा हैन गुमाउनु पनि ठुलो कुरा हो मैले पाएर खुसि भन्दा पनि गुमाएर खुसि भएको छु किनकि म जस्तै तिमीलाई माया गर्ने अर्को प्रेमिल मायालु तिम्रो पर्खाईमा छिन । मैले तिम्रो हैन उनको भावना बुझ्ने कोसिस गरेको छु, मैले भन्दा बढी माया उनीले गर्छिन भने म तिमीलाई दुख दिन चाहन्न न त् तिम्रो परिवारलेनै मलाइ स्युइकारेका छ।म एक त्यस्तो साहसी प्रेमिका हु जो कोहि नपाउदा झुन्डिए मर्न खोजिन ,बिष पिएर मृत्यु रोजिन नत् तिम्रो लागी देवतालाई श्राप दे भनेर सरापे म त्यस्तो प्रेमिका जसले उनलाई भन्दा कम मलाई माया गरोस भन्ने ।
आज दुखमा पनि खुसि छु सायद बिरालै यो खुसि बाड्न सकिन्छ ।उता तिमी कसैको सिउँदो रंगाउदा म यता तिम्रै घरमा रत्यौली खेलिरहेको हुनेछु एउटा असल साथीको प्रतिक्षामा जब तिम्रो अर्धागिनी आउने छिन अनि बनाउने छु मेरो एक सरल र असल मित्र जसले दिने छ मेरो जीवनको खुसि ।

म हावा बन्न सकिन नत तिमीलाई मेरा यी सरिरहरु सुम्पननेस सके तिमीलाई खुसि दिने मात्र कोसिस गरे त्यो कोसिस अन्तिममा मायामा परिणत हुन सकेन र पनि म खुसि छु किनकि मेरो लागि यतिका पीडाहरु पनि सहजै तिम्रो साथमा रहेर भुल्न सके ,मायामा डुब्ने कोसिस गर्न सके ।
खुल्ला आकास मेरो हो भन्नु बेकार हो त्यो आकास त् केवल बादलको रहेछ जब बादलले ढाके पछी आकाश पनि देख्न सक्दैनौ मलाइ त्यस्तै भएको छ बिष्णु तिमीलाई जति माया गरे आकाश भन्दा बढी माया गरे र पनि खुसि छु बादलले ढाक्दा ।
जब हामी पढ्दा जिस्केको अनि भाडाकुटी खेल्दा बाल्यकालमा बिबाह गरेको यी यादहरु आज जस्तै लाग्छ मेरो त्यो बेलाको सोचाईनै गलत रहेछ किनकि त्यो बेला नै हामीले ख्याल ख्यालको बिबाह गरेको थियौ आज त्यस्तै भयो माया पनि ख्याल ख्यालकै गरिएछ ।

रहरले गरेको माया र बाध्यताले गरेको मायामा धेरै अन्तर रहेछ जति हांसी रहेको छु त्यति रोहिरहेको पनि छु बास बाहिर देखाउन सकेको छैन किनकि तिमीलाई कमजोर बनाउन सक्दिन म। तिम्रो जीवन बर्बाद गर्न सक्दिन म । सक्छु त् तिमी खुसि भएको देख्न र सुन्न ।तिमी हिड्ने पाईला पाईलाको माटोलाई सिरमा राख्ने छु र भन्ने छु “यो जुनीमा तिमी र तिम्रो सिरमा म पर्न नसके पनि अर्को जुनी तिमी मेरै हुनु”।हो यस्तै शब्द हरु मेरो मनमा उब्जिरहेको छ जब तिमी जन्ती संगै रमाउदै सुट पाईन्टमा सजिएर बेहुला बन्दै कसैको सिउँदो रंगाउन जादै थियौ हो त्यहि धर्तीको माटो मैले सिउँदोमा हालेको छु जुन माटोमा तिम्रो पाईला परेको थियो ।

अब त् बाचुन्जेल तिम्रा याद र तिम्रो माया सम्झनामा रहने छ तिमीले पनि भुल्दै जानु । हुन त् तिमीले भुलिसकेउ पनि होला ।अन्तिममा तिम्रो दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

उही तिम्रो भलो चिताउने निर्मला
नोट मेरो पत्र काल्पनिक हो वास्तविक हैन त्यसैले कसैलाई चोट पुग्न गएमा र जुन बिष्णु नाम गरेको पात्रलाई चोट पुग्न गएमा छेमा चाहन्छु निर्मला कार्की

यसमा तपाइको मत

अन्य समाचार