नेपाली लोक तथा दोहोरी गीतका एक अब्बल गीतकार एवं गायक लिला श्रेष्ठको छिनेको कम्मर भिडियो सहित


 

हेमन विक्रम थापा

काठमाडौँ०४,साउन,

नेपाली लोक तथा दोहोरी गीतका अझ भनौ काँठे गीत संगीतका एक अब्बल सर्जक एवं गायक हुन लिला श्रेष्ठ । नेपाली लोक गीत संगीतमा एक दशक भन्दा लामो समय व्यतित गरी सक्नु भएका गायक तथा सर्जक श्रेष्ठ काँठे गीतसंगीतका एक हस्ती नै हुनुहुन्छ । अझ भनौँ अहिलेको काँठे गीतसंगीत उहाँले नै गर्दा टिकिरहेको छ । बिगत एक दशक भन्दा लामो समय देखि नेपाली लोक गीत संगीतमा लाग्नु भएका गायक श्रेष्ठ सबैका अग्रज हुनुहुन्छ । हामी उहाँलाई काँठे गीत संगीतको एक अग्रज,अब्बल,सबैका लोकप्रिय,सबैका मन मुटुमा बास बस्न सफल,एक मृदुभाषी व्यक्तिको रुपमा लिन्छौँ । पछिल्लो समय उहाँ सबैको मन मुटुमा बास बस्न सफल हुनुहुन्छ । उहाँका गीतसंगीतले स्रोता दर्शकको मन निकैनै जितिरहेको छ । उहाँले पछिल्लो पटक निकैनै चर्चित गीतहरु बजारमा ल्याउनु भएको छ ।

अहिलेसम्म एक दर्जन भन्दा बढी गीत बजारमा ल्याईसक्नु भएका गायक तथा सर्जक श्रेष्ठ सबैका प्रिय हुनुहुन्छ । आफुभन्दा पछि नेपाली लोक गीतसंगीतमा लागेका भाई बहिनीहरुलाई पनि उहाँले सल्लाह सुझाव दिनुहुुन्छ त्यसैले उहाँलाई अग्रज कलाकार देखि लिएर भर्खरै सांगितिक क्षेत्रमा लाग्नु भएका कलाकारले निकैनै सम्मान गर्ने गर्छन् । जाइृ फmुलको बाँसना नबोलेनी हाँसी राखन हजुर यसै चर्चित गीतमा आफ्नो शब्द सृजना गरेर उहाँ नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा छाउनु भएको हो । त्यसपछि उहाँका कमल फुल फुल्यो,सोल्टीनीलाई भेट भयो बाटैमा घुमाउनलाई मन लाग्यो साथैमा भन्ने गीत बजारमा आयो जुन गीतहरुले उहाँलाई निकै चर्चा र परिचर्चाको शिखरमा पुर्यायो । अग्रजलाई सम्मान र अनुजलाई माया गर्ने कलाकार श्रेष्ठ उमेरमा पनि निकैनै पाको हुनुहुन्छ ।

धेरे वर्षको अन्तराल पछि उहाँले पोहोर साल लाईरहन्छ बाडुल्की भन्ने गीत बजारमा ल्याउनुभयो जुन गीतलाई स्रोता दर्शकले निकैनै रुचाईदिनु भयो । उहाँले नै लय तथा शब्द सृजना गर्नु भएको यस गीतमा उहाँको र रिता केसीको आवाज रहे्को थियो भने यस गीतको म्यूजिक भिडियोलाई निर्देशन गरेका थिए उमेश गुरुङ्गले । यो गीतले पनि गायक तथा सर्जक लिला श्रेष्ठको नेपाली लोक सांगीतिक क्षेत्रमा रहेको उचाईलाई झन बढाईदिएको थियो । यो गीत बजारमा ल्याएपछि जतात्यतै उहाँको नै चर्चा थियो । त्यसपछि नेपाली लोक तथा दोहोरी गीतको भलाई एवं आफ्नो सृजना स्रोता सामु पस्किने उद्घेश्यले उहाँले यति खेर फेरी अर्को गीत बजारमा ल्याउनु भएको छ जुन गीतको नाम हो छिनेको कम्मर । यति खेर बजारमा निकैनै चर्चा र परिचर्चारहेको छ यो गीतको । उहाँ स्वयमकै लय तथा शब्द रहेको यस गीतमा आवाज दिनु भएको छ उहाँले र चर्चित गायिका पार्वती कार्कीले । चर्चित निर्देशक एवं निकैनै व्यस्त मोडल शंकर बि.सी.को निर्देशन र शंकर बि.सी.कै र अहिलेकी चर्चित मोडल अञ्जिली अधिकारीको जोडदाड अभिनय रहेको यस गीतलाई त्रिपुरा म्यूजिकले बजारमा ल्याएको छ ।

राम्रो गीत र उच्च स्तरीय म्यूजिक भिडियो भएकोले होला यस गीतको म्यूजिक भिडियोलाई अहिले सम्म १ लाख २० हजार दर्शकले हेरिसकेका छन् । दुर्गा पौडेलको छाँयाङ्कनमा तयार भएको यस गीतको म्यूजिक भिडियोलाई सम्पादन गरेका छन् सदाबहार सम्पादक नविन घर्ती मगरले भने यस गीतको म्यूजिक भिडियोलाई निमार्ण गरेको छ उहि चिरपरिचित संस्था कृष्ण फिल्मस् एण्ड एड्र्भटाईजिङ्ग प्रा.लि.ले । हाम्रो पनि बधाई एवं शुभकामना यो गीतको सम्पुर्ण यूनिटलाई र विशेष बधाई गायक तथा सर्जक लिला श्रेष्ठलाई कि उहाँको यस्तै सृजजा सधैँ हेर्न र सन्न पाहिँराखौँ र सधैँ यसरी नै राम्रो समाचार लेख्न पाहिँराखौँ ।

 

यसमा तपाइको मत

अन्य समाचार