नेपाली लोक तथा दोहोरी गीतका एक महान हस्ती,जस्ले लोक गीतसंगीतलाई बचाई राखेका छन


 

हेमन्त विक्रम थापा

साउन ०२,काठमाडौं

 

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा मौलिक भाव,नेपाली पन,त्यहि गाँउबस्ती,खोलानाला,भिर, पहाड, पखेरा र मानिसको मनको व्यथालाई समेटेर गीत लेख्ने कोही सर्जक छन् भने उनी हुन महान गीतकार रमेश बि.जि.। उनले लेखेको गीतमा नेपालीहरुको दुख,बेदना र दर्द भेटिन्छ । खै कसरी लेख्नु हुन्छ रमेश बि.जि.ले गीत उहाँका गीत सुन्ने बित्तिकै मन कता कता दुखी भएको जस्तो,कता कता आफ्नै जिञ्दगीको कथा सुने जस्तो,कता कता मुटुमा केही चिजले घोचेको जस्तो हुन्छ । कति त रुनु हुन्छ उहाँको गीत सुनेर किनकी उहाँको गीतमा मानिसको जीवनको वास्तविकता भेटिन्छ । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा एक दशक भन्दा बढी लामो समय बिताईसक्नु भएका बि.जि.नेपाली लोक गीत संगीतका एक महान अनि अब्बल गीतकार हुनुहुन्छ । उहाँले सृजना गर्नु भएको गीत यति ओजञ्नदार हन्छ कि मानिसको भोगार्इृ र वास्तविकता भेटिन्छ । नेपाली पन र नेपाली माटोलाई आफ्नो गीतमा समेट्नु हुन्छ महान सर्जक रमेश बि.जि.। उहाँका गीत सुन्दा उहि गाँऊ बस्ती,खोला नाला,पहाड पखेरामा हिँड डुल गरेको ,त्यहि साथीभाई संग मेलापात गरेको,रातभरी रोधी घरमा सोल्टीनी संग गीत गाएको आभास हुन्छ । उहाँको गीतमा समंग्र नेपालीको कथा र व्यथा भेटिन्छ । नेपाली साहित्य र सृजनालाई निकै नजिकबाट बुझ्नुभएका महान गीतकार बि.जी.आजभोली पनि साहित्य र सृजनामा निकैनै व्यस्त हुनुहुन्छ ।

सरर पानी घट्टमा म त प्यारी फर्कन्छु फर्कनन् नाम सारेहै पेन्सन पट्टामा,भन्न त भन्छ्यौ आमा घर छोडेर नजा,डाँडै काट्म भो अब त आट्म भो जोवान साट्म भो, हजुर यि र यस्तै गीतहरुले नै सर्जक रमेश बि.जी.लाई नेपाली लोक तथा दोहोरी गीतको एक अब्बल एवं महान सर्जक बनायो । अहिलेका पछिल्ला पुस्ताका गायक गायिकाहरुले पनि उहाँसंगै सहकार्य गर्दै अहि बढेका छन् । उहाँका सयौँ सृजना बजारमा आईसकेका छन् जुन सृजना स्रोता दर्शकको मन मुटुमा बास बस्न सफल छन् । उहाँका सृजनामा हामी त्यहि गाँऊ बस्ती र मेलापातलाई सम्झिन्छौँ,उहि बुढी आमालाई सम्झिन्छौँ जो आफ्नो पर्देश गएको छोरो आउला भन्ने झिनो आस लिएर बसेकी हुन्छिन्,उहि पियारीलाई सम्झिन्छौँ जो आफ्नो पियाराको पर्खाईमा बाटो हेरिरहेकी हुन्छिन् ।

प्छिल्लो पटक उहाँले धेरै तिज गीतपनि सृजना गनुभएको छ । त्यसमध्य गोर्खाचौतारी म्यृजिकले बजारमा ल्याएको चेलीको बेदना नाम गरेको गीत पनि एक हो । चेलीको मर्म र वेदना समेटिएको यस गीत मिरा गोर्खाली र गीता सेञ्चुरीको नाममा बजारमा आएको छ । यस गीतमा लय तथा शब्द सृजना गर्नु भएको उनै ख्याती प्राप्त गीतकार एवं संगीतकार रमेश बि.जी.ले भने यस गीतमा आवाज दिनु भएको छ उनै गायिका मिरा गोर्खाली र गीता सेञ्चुरीले । यस गीतको म्यृजिक भिडियोलाई निर्देशन गरेका छन् बिक्रम चौहानले । बासु बरालको छाँयाङ्नमा तयार भएको यस गीतको म्यृजिक भिडियोलाई सम्पादन गरेका छन् मिलन वि.क.ले र त्यसै गरी यस गीतको म्यृजिक भिडियो निमार्ण गरेको छ बि. स्टार फिल्मस् प्रा.लि.ले । बधाई एवं शुभकामना यो गीतको सम्पुर्ण टिमलाई ।

यसमा तपाइको मत

अन्य समाचार