बजारमा चर्चा सबैका मनका ढुकढुकी एकनारायण भण्डारीकै


हेमन्त बिक्रम थापा

साउन १ काठमाडौं

नेपाली लोक तथा दोहोरी गीतका साधक,सबैका मनका ढुकढुकी, लोक तथा दोहोरी गीतका एक महान हस्ती,लोक तथा दोहोरी गीतका एक अब्बल खम्बा जसले लोक तथा दोहोरी गीतलाई बाचई राखेको छ उनै मृदुभाषी व्यक्तित्व एकनारायण भण्डारीले हे भगवान भन्ने गीत बजारमा ल्याउनु भएको छ । निकै लामो समय पछि आफनो एकल प्रस्तुती बजारमा ल्याउनु भएका सर्जक एकनारायण भण्डारीलाई दर्शक स्रोताको मायाको कुनै कमि छैन् । देश तथा विदेशमा उहाँलाई माया गर्ने मनहरु यति धेरै हुनुहुन्छ कि एकनारायण भण्डारीको आफनै नाम गरेको गीत कहिले आउला भनेर दर्शक स्रोताहरु कुरेर बस्छन् । पछिल्लो पटक बजारमा आएको यो हे भगवान भन्ने गीतले पनि स्रोता दर्शकको मन निकैनै जितिरहेको छ । आफनो मायालुलाई नपाहुँदाको पिडालाई गीतमा उतारिएको छ त्यसैले पनि स्रोता दर्शकले यो गीतलाई निकैनै रुचाउनु भएको छ । त्यसो त एकनारायण भण्डारीको सृजना मन नपराउने को नै होला र । उनका हरेक सृजनाले ईतिहास रचेका छन् चाहे त्यो सुपारी चाम्रो होस,लालु पाते लुङ्गियो भुँईतिर होस,चाहे त्यो फुलमा माँहुरी डुल्ने बेलामा होस । उनी त नेपाली लोक तथा दोहोरी गीतका एक अब्बल खम्बा हुन जो बिना नेपाली लोक तथा दोहोरी गीत अधुरो र अपुरो हुन्छ । उनले त आफ्नो सारा जिञ्दगी गीत संगीतका लागि सर्मपित गरे र सधै गीत संगीतका जय जयका निमित्त सधै खटिरहे । यस्ता महान सर्जकलाई हाम्रो पनि नमन । धेरै गायक गायिकाहरु एकनारायण भण्डारीकै गीत गाएर निकैनै चर्चा र परिचर्चाको शिखरमा पुग्नुभएको छ । त्यसो त उहाँका लोक तथा दोहोरी गीतहरु मात्र नभएर सुगम संगित र चलचित्रका पनि निकैनै चर्चित गीतहरु रहेका छन् । उहाँका सुगम संगित तर्फ मलाई बाँसुरीले रुवायो,तिर्खा लाग्यो पानी खाए,जोडेको नाता तोडेर गयौ,छात्ती भरी भाला रोपी,तिमिलाई पाँहुने भाग्यमानी रहेका छन् यति मात्र नभएर उहाँका सुगम संगित तर्फ जमानाको चर्चित गीत आहो यादहरु आहो,फुल हौ भने बसाई देऊ मुल हौ भने रसाई देऊ आदि रहेका छन भने उहाँका चलचित्र क्षेत्रमा पनि निकैनै चर्चित गीतहरु रहेका छन् । उहाँका चर्चित गीतहरुमा चलचित्र नाई नभन्नु ल को कम्मर माथि पटुकी,खासै राम्रो नाच्न त जाँन्दिन म आदि रहेका छन् भने उहाँले अहिलेको चर्चित गीत नाई मलाई थाहा छैनमा पनि शब्द सृजना गर्नु भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार