यसपालिको तिजमा हरियो बत्ती बाल्नी रे लोकप्रिय एवं चर्चित गायिका सम्झना भण्डारीले


 

हेमन्त विक्रम थापा

साउन २,काठमाडौं
नेपाली लोक तथा दोहोरी गीतमा चर्चाको शिखर चढ्दै गरेकी गायिका हुन् सम्झना भण्डारी । बिगतका वर्षहरु झै यो वर्षपनि सम्झना भण्डारीले बत्ति बाल्नै पर्दैन भाग–२ हरियो बत्ती भन्ने गीत बजारमा ल्याउनु भएको छ । यस चर्चित तिज गीतमा लय तथा शब्द सृजना गर्नु भएको छ उनै चिरपरिचित,लाृेकप्रिय एवं चर्चित गायक पशुपति शर्माले भने यो गीतलाई बजार व्यवस्थापन गरेको छ पृथ्वी ईन्टरटेन्मन्टले । करन चैसरको छाँयाङ्कनमा तयार भएको यस गीतको म्यृजिक भिडियोलाई सम्पादन गरेका छन् अहिलेका चर्चित सम्पादक विष्णु शर्माले र त्यस्तै यस चर्चित गीतको म्यृजिक भिडियो निर्देशन गरेका छन् अहिलेका चर्चित एवं व्यस्त निर्देशक प्रकाश भट्टले । यस गीतको म्यृजिक भिडियो निमार्ण गरेको छ उहि चिरपरिचित कम्पनी साई भिजन प्रा.लि. । लोकप्रिय गायक तथा मोडल प्रकाश सपुत र अहिलेकी चर्चित नायिका अञ्जली अधिकारीको यस गीतमा जोडदार नृत्य रहेको छ त्यसैले पनि होला यस गीतलाई देश तथा विदेशमा रहनु हुने लगभग लगभग ३ लाख दर्शक स्रोताहरुले हेरिसकेका छन् । गायिका सम्झना भण्डारीले निकै्नै चर्चित चर्चित गीतहरु बजारमा ल्याहिरहेकी छिन् । पछिल्लो समय गायिका भण्डारी दर्शक स्रोता माझ निकैनै लोकप्रिय छिन् । मीठो स्वरकी धनी गायिका भण्डारी पछिल्लो समय देश तथा विदेशका कार्यक्रमहरुमा पनि निकैनै व्यस्त रहने गरेकी छिन् यति मात्रै नभएर उनी कलाकार माझ पनि निकैनै लोकप्रिय छिन् ।

लम्जुङ्ग जिल्लामा जन्मिएर लोक तथा दोहोरी गायिका बन्ने ठुलो सपना बोकेर काठमाण्डौँ छिरेकी गायिका भण्डारी अहिले निकैनै चर्चा र परिचर्चाको शिखरमा छिन् । उनको निकैनै ठुलो मेहेनत र परिश्रमले गर्दा होला उनी अहिले दर्शक स्रोता माझ निकैनै लोकप्रिय छिन् । सानै उमेरमा आफ्नो पिता गुमाएकी भण्डारीले गीत संगीतको यो अवस्थासम्म आईपुग्नको लागि धेरै दुख बेहोर्नु पर्यो । सुरुमा दोहोरी साँझबाट आफ्नो गायक यात्रा सुरु गरेकी भण्डारी बिस्तारै आफ्नै एल्बम निकालीन र स्रोता दर्शक माझ लोक तथा दोहोरी गायिका भनेर चिनिन् । जब उनको पहिलो गीत प्रकाश सपुतको सहकार्यमा गहुँ छरेको बारीमा तोरी भएछ बजारमा आयो त्यसपछि गायिका भण्डारीले पछाडी फर्केर हेनै परेन । त्यसपछि उनी देश तथा विदेशका मेला महोत्वसबहरुमा निकैनै व्यस्त हुन थालिन । लोक तथा दोहोरी गीतको क्षेत्रमा एक अनुशासित,भद्र एवं शालिन स्वभाव भएको कलाकारको छबी बनाएकी भण्डारी कलाकार माझ पनि निकैनै लोकप्रिय छिन् ।

आफ्नो मीठो स्वरले सबैलाई लठ्याउन सक्ने भण्ठारी आजकाल सबैको हाई हाईको पात्र बनेकी छिन् । जिञ्दगीमा धेरै दुख भोगेर आएकी गायिका भण्डारी कहिले पनि ठुलो मान्छे बन्न जान्दिनन् । सबैसंग मीठो बोल्ने र सबै साथीभार्इृको प्रिय गायिका भण्डारी अहिले पनि स्टेजका कार्यक्रमहरुमा निकैनै व्यस्त छिन् ।

गहँु छरेको बारीमा तोरी भएछ, दिन्न दिन्न भनेको मन चोरी भएछ भन्ने गीतबाट स्रोता दर्शकको माझमा आएकी गायिका भण्डारी त्यसपछि स्रोता दर्शक माझ सधै छाईरहिन । गहुँ छरेको बारीमा तोरी भएछ भन्ने गीतले नै उनलाई स्रोता दर्शक माझ लोक दोहोरी गायिका हुन भनेर चिनायो । जब उनको पहिलो गीत बजारमा आयो त्यसपछि सम्झनाले कहिले पनि पछाडी फर्केर हेर्नै परेन त्यसपछि उनी देश तथा विदेशमा हुने विभिन्न मेला महोत्वसबहरुमा व्यस्त हुन थालिन । एक दर्जन भन्दा बढी लोकदोहोरी एवं तिजका गीत गाईसकेकी भण्डारीलाई चर्चित गायक पशुपति शर्मा र चर्चित एवं चक्लेटी गायक तथा मोडल प्रकाश सपुत संगको सहकार्य निकैनै फापिरहेको छ भनेर हामी सजिलै भन्न सक्छौँ । हाम्रो पनि गायिका भण्डारीलाई उनको सांगितिक जिवनको लागि धेरै धेरै शुभकामना,उनका हरेक सृजनाले स्रोता दर्शकको मन जितिरहोस,उनका हरेक गीतको सधै यसरी नै समाचार लेख्न पाहिराखौँ,गायिका भण्डारीलाई शुभकामना ।

यसमा तपाइको मत

अन्य समाचार