यसपालि पनि शान्तिको धमाकेदार तिज गीत बजारमा


 

हेमन विक्रम थापा

साउन ०१काठमाण्डौ

शान्ति सुनार नाम नै काफी छ,अझ भनौ शान्ति सुनारको बारेमा हामीले धेरै भनीरहनै पर्दैन । कहिले बरु धोका दिन हुदैन भन्छिन, कहिले मनमा अरु छैन,कहिले झुम्के बुलाकी त कहिले बल्ड प्रेसर हाई हुन्छ भन्छिन । स्टेज कार्यक्रमहरुमा व्यस्त हुने गायिका हुन शान्ति सुनार । उहाँले धेरै चर्चित लोकदोहोरी गीतहरु बजारमा ल्याउनु भै सकेको छ । लोक दोहोरी गीत संगसंगै उहाँले प्रत्येक वर्ष तिज गीत पनि बजारमा ल्याउनु हुन्छ । त्यसैले बिगतका वर्षहरु झै यो वर्ष पनि उनै चर्चित गायिका शान्ति सुनारले एक धमाकेदार तिज गीत बजारमा ल्याउनु भएको छ । यसपालिको तीजमा जापानको शहरमा नाम गरेर बजारमा आएको यो गीतलाई चर्चित म्यृजिक कम्पनी तृुुुुुुुुसना म्यृजिक प्रा.लि.ले बजारमा ल्याएको छ । यस गितमा आवाज दिनु भएको छ उनै लोकप्रिय गायिका शान्ति सुनार र चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीले भने यस गीतमा शब्द सृजना गर्नु भएको छ दिनेश गुरुङ्ग र स्मृती मोक्तानले त्यसै गरि यो गीतमा निकै मीठो लय सृजना गर्नु भएको छ उनै लोकप्रिय गायक खुमन अधिकारीले । यस गीतको म्यृजिक भिडियो निर्देशन गरेका छन् उनै लोकप्रिय निर्देशक प्रकाश भट्टले । करन चैसरको छाँयाङ्कनमा तयार भएको यस गीतको म्यृजिक भिडियोलाई सम्पादन गरेका छन् उनै नाम चलेका सम्पादक विष्णु शर्माले र त्यसै गरि यस गीतको म्यृजिक भिडियो निमार्ण गरेको छ उहि ख्याती प्राप्त कम्पनी साई भिजन प्रा.लि. ले । बिगतका गीतहरु भ्mै यो गीतलाई पनि दर्शक स्रोताले निकैनै रुचाईरहनु भएकोछ त्यसो त यो गीतको म्यृजिक भिडियो पनि निकैनै दमदार बनेको छ । रश्मि तामाङ्ग र केशव भट्टराईको धमाकेदार नृत्य रहेको यस गीतको म्यृजिक भिडियोलाई अहिले सम्म ४५ हजार ९४२ जनाले हेरिसकेका छन् ।

लम्जुङ्ग जिल्लामा जन्मिएर नेपाली लोक तथा दोहोरी गीतमा निकैनै कृयाशिल छिन् गायिका शान्ति सुनार । कहिले तिजका गीत लिएर आउछिन् त कहिले लोकदोहोरी गीत । जुन जस्ता खालका गीत भएपनि उनको गीत स्रोता दर्शकले निकैनै रुचाउँने गर्छन् । अहिले सम्म दुई दर्जन भन्दा बढि लोकदोहोरी गीत गाईसकेकी शान्ति स्वदेश तथा विदेशका कार्यक्रमहरुमा पनि निकैनै व्यस्त छिन् । स्वदेश तथा विदेशका कार्यक्रममा व्यस्त हुँदा हुँदै पनि उनले दोहोरी साँझमा गीत गाउन भने छोडेकी छैनन् । उनले दोहोरी साँझको माध्यमबाट पनि आफ्नो जादुमय स्वरले स्रोता दर्शकलाई मनोरञ्जन दिईरहेकी छिन् भने झन् यो तिजको बेलामा त उनी स्वदेश तथा विदेशको कार्यक्रममा निकैनै व्यस्त हुने गर्छिन् । सबै संग मिठो बोल्ने र आफ्नो जादुमय स्वरले स्रोता दर्शकलाई लठ्याउने खुबी भएकी शान्तिले स्रोता दर्शकको निकै धेरै माया बटुलीरहेकी छिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत संगपनि आवद्घ शान्तिले लोक गीत संगीत र कालाकारका हकहितका लागि पनि आफ्नो आवाज उठाईरहेकी छिन् । उनले गाएका गीतहरु सबैनै चर्चित छन् चाहे त्यो लोकदोहोरी गीत होस वा चाहे त्यो तीजका गीत होस । धेरै संर्घष पश्चात यो स्थानमा आएकी गायिका शान्ति सुनार अहिले निकैनै व्यस्त छिन् । हाम्रो पनि उनलाई धेरै धेरै शुभकामना,उनको सांगीतिक जिवन सधै यसरी नै फुलिरहोस् ।

यसमा तपाइको मत

अन्य समाचार