यी ३ कारण छन ‘प्रेम गीत २’ आक्रमक ओपनिङ, जान्नुस्


प्रतिक्षित फिल्म ‘प्रेम गीत २’ ले आशातित इनिसियलको व्यापार गरेको छ । फिल्मले दुई दिनमा दुई करोड माथिको व्यापार गरेको निर्माण पक्षको दाबी छ । जे होस् शुक्रबार र शनिबार हलमा प्रेम गीत २ हेर्ने दर्शकको भिड देखियो । नायक प्रदीप खड्का, नायिका अश्लेषा ठकुरी र निर्माता सन्तोष सेनको टोलीले दुवै बार हलहलमा गएर दर्शकसँग सेल्फी खिचाए । मुर्मादेखि बर्मासँगको कथा भनिएको फिल्म फिल्म प्रेम गीत २ को सुरुवाती व्यापार किन आक्रमक हुन गयो त ? विभिन्न कारणहरुमध्ये हामीले यी तीन कारणहरुलाई प्रस्तुत गरेका छौं :

१.हिट प्रिक्वेल : ‘प्रेम गीत २’ को इनिसियल व्यापार हुनुको पहिलो कारणमा यसको प्रिक्वेल अर्थात् प्रेम गीत हिट हुनु हो । गएको दुई साल पहिले रिलिज भएको साँगीतिक प्रेम कथा बोकेको प्रेम गीतले दर्शकको मन जितेको थियो भने निर्मातालाई व्यापारिक रुपमा फाइदा पनि गराएको थियो । प्रदीप खड्का र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका थिए । सिक्वेलमा भने निर्देशनमा रामशरण पाठक र नायिकामा अश्लेषा ठकुरी रिप्लेस भए ।

२.व्यापक प्रचार : फिल्म हिट गराउन अपनाउनु पर्ने व्यापक प्रचारको फर्मुला ‘प्रेम गीत २’ टिमले भरपुर रुपमा अपनायो । देशका प्रमुख शहरमा कन्र्सट गरेको यो टिमले मिडिया क्याम्पेनिङ गर्नमा पनि सफल रह्यो । अश्लेषाको वर्डरोव मालफङसन देखि प्रदीपको पन्ध्र लाखको पारिश्रमीकले मिडियामा चर्चा पायो । गीत, संगीत तथा प्रोमोलाई मिडियामा व्यापक रुपमा प्रशारण गरियो ।

३.प्रदीपको क्रेज : दोश्रो फिल्म ‘प्रेम गीत’ बाट दर्शकमाझ प्रदीप खड्काले आफ्नो बेग्लै छाप बनाएका छन् । युवा पुस्तामा प्रदीपको क्रेज उच्च छ । दुई दिन हलमा दर्शक ओइरिनुमा प्रदीपको क्रेजलाई पनि प्रमुख कारण मध्ये एकमा लिइएको छ । हल हल पुगेका प्रदीपसँग सेल्फी खिच्न युवतीहरु बिच तँछाडमँछाड भएको थियो । दोश्रो फिल्मले आक्रमक इनिसियल गरेपछि प्रदीप अनमोल केसी र पल शाह को युथ स्टार को लाइनमा उभिएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार