रामेछापमा बाढिले बगाउँदा २ को मृत्यु


चरिकोट, साउन १
भुपाल सुन्चेउरी – रामेछापको लिखु गाउँपालिका वडा नम्बर–६ मा हिजो राति गएको बाढीले बगाउँदा दुईजनाको ज्यान गएको छ । यो खबर तयार पार्दा सम्म लालकुमारि खत्रि र बासु कार्किको मात्र सब फेला परि सकेको छ भएपनि बेपत्ता र गम्भीर घाईतेको संख्याले मृतकको संख्या बढ्न सक्ने प्रहरिले जनाएको छ ।
९ जनाको घाईते अबस्थामा उद्दार गरिएकोमा ३ जनाको अबस्था गम्भीर रहेको छ। पहिरोमा परेर हराइरहेका ३ जनाको खोजी भइरहेको छ । घाइते ९ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको छ भने अहिले सेना, प्रहरि र स्थानिय बासिहरुको संयुत्त प्रयसमा खोजिकार्य भई रहको छ । राति आएको बाढीले सडकको पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्धविच्छेद भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार